Loading... आजः सोमवार, फाल्गुन २४, २०७७
Trending

जनता माझ जानु प्रतिगमन होईन : प्रधानमन्त्री ओली

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बीचमा गएर निर्वाचन गर्नु ‘प्रतिगमन’ नभएको बताए । उनले तोकिएको मितिमा निर्वाचन हुने कुरा प्रष्ट पारेका छन । नेकपा लुम्बिनी प्रदेशद्वारा विहिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले देश हैन, आफूलाई बनाउन हिड्ने केही नेताहरु आज सडकमा गएको बताए । “देश बनाउने उद्देश्य नबोकेका तत्वहरु अहिले पार्टी छाडेर बाहिरिएका छन्” उनले थपे, “चुनाव हुने भनेको कसरी प्रतिगमन ? ताजा जनादेशका लागि जनताबीच जानु कसरी प्रतिगमन ? तपाईहरुले कस्तो व्यवस्था खोज्नुभयो ? ”
“नेपाली भूभाग समेटेर नयाँ नक्सा छाप्ने वित्तिकै पार्टी भित्रका केही नेता विरोध गरे, पदबाट हट्न भने, उधारो होइन नगदानगद चाहियो भने अध्यक्ष ओलीले केही व्यक्ति पार्टीबाट चोइटिएर गएपछि पार्टी गतिशील बनेको छ, एकताबद्ध भएको छ ।” पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि शुद्धीकरण भएको उनले तर्क गरे ।
“निराश हुनुपर्ने कुनै कारण छैन, केही व्यक्ति बाहिर गएका हुन्” अध्यक्ष ओलीले पार्टी पङ्तिलाई आश्वास्त पादै भने सरकारले गरेको राम्रो कामको कहिल्यै प्रसंशा भएन, उहाँहरुले कुनै विकासको काम देख्नु भएन ।” सरकारले तीन वर्षको कामको समीक्षा गर्ने तयारी गरेको बतादै प्रधानमन्त्री ओलीले आउने शनिबार सञ्चारमाध्यम मार्फत प्रत्यक्ष जनतामाझ आउने जानकारी दिए ।
प्रतिनिधिसभा संविधानसम्मत ढङ्गले विघटन गरेको प्रष्ट पादै प्रधानमन्त्री ओलीले भने “देश अस्थिरतातर्फ जाने देखिएपछि, काम गर्न नदिएपछि बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको हुँ ।” संविधान धारा ७६ ९७०, धारा ८५ अनुसार प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी विघटन गरिएको उनले बताए । देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मलाई विश्वास छ उनले भने ।
सरकारलाई बदनाम गर्न खोज्ने केही अपराधी तत्वहरु सक्रिय भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने अपराधीहरु पानीमुनी गएपनि छाडिने छैन, निर्मला पन्त, भागरथी भट्ट लगायतको हत्यामा संलग्नलाई कारवाही गरेरै छाडछौं । अपराधीलाई कसैको मिलेमतोमा नजोगाइने उनले प्रष्ट पारे । सरकारी जमिन आफ्नो बनाउने भूमाफियालाई पनि नछाडिने उनले बताए ।

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा नफुटेको तर केही स्वार्थी तत्वहरु मात्र अलग भएको बताए । “नेकपा फुटेको छैन, यो पार्टीलाई फुट्न नेपाली जनताले दिंदैनन्” महासचिव पौडेलले भने पार्टीभित्रका केही नेताहरुको व्यवधानका बाबजुद सरकारले विकास निर्माणको काम गरेको छ ।” मुलुकलाई अलमल र अन्यौलमा रुमलिन नदिइने उनले प्रतिवद्धता व्यक्त गरे ।
आधिकारिक पार्टी अध्यक्ष ओली नेतृत्वको नेकपा पार्टी भएकाले ‘सूर्य’ चुनाव चिन्ह पनि कहीं नजाने उनले बताए । सरकारले तोकेको मिति आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको तयारीमा लाग्न उहाँले आम पार्टी पङ्तिलाई आव्हान गरे । आगामी निर्वाचनमा हिजो पराजित ठाउँमा पनि निर्वाचन जित्दै ठूलो पार्टी बन्ने दावी उनले गरे ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको ढाडमा टेकेर अध्यक्ष केपी शर्मा अ‍ोलीको टाउकोमा हान्ने प्रयास गरेपनि आफै सडकमा पछारिएको बताए । आगामी निर्वाचनमा ‘प्रचण्ड’ नेतृत्वको पकड क्षेत्र मानिने रोल्पा र रुकुममा समेत नेकपाले निर्वाचन जितेर देखाइदिने उनले बताए ।
नेकपा नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–माधव पक्षका नेताहरुसँग धेरै विकल्प नरहेको बताए । “कि उहाँहरुले मुल पार्टीसँग टिकट लिएर चुनाव लड्नुप¥यो, कि अर्को पार्टी खोल्नुप¥यो कि मोहन बैद्यसँग मिलेर जानुप¥यो” उहाँहरुसँग अरु विकल्प नरहेको उनले बताए । मूल पार्टी अध्यक्ष ओली नेतृत्वको पार्टी नै भएको उनले दावी गरे । प्रचण्ड–माधव पक्षलाई पद मात्र चाहिएकाले जनता त्योसँग सति जान नहुने उनले बताए ।

error: Content is protected !!