Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

निर्वाचन मार्फत सामुदायिक बनको नेतृत्व

दैलेख  :  जिल्लाको आठबिस नगरपालिका –१ को सात्तलामा रहेको कालिका सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा धर्मराजथापा निर्वाचित भएका छ । सामुदायिक बन उपभोक्ता समितिका लागि नेकपा ओली पक्षिय प्यानल र प्रचण्ड–माधव समुह र नेपाली काग्रेस,राप्रपा लगायतका दल बाट दुई प्यानल बनाएर निर्वाचनमा प्रतिष्पर्धा गरिएको थियो । प्रचण्ड–माधव समुह र नेपाली काग्रेस,राप्रपा लगायतका दलका उम्मेदवार बनेका धर्मराज थापाले १५७ मत ल्याउदा उनका निकटतम प्रतिष्पर्धी कनक बहादुर शाहीले १२२ मत ल्याएका छन ।

सामुदायिक बनको उपाध्यक्ष ओम प्रकाश बिष्ट,सचिवमा निर्मला विक,कोषध्यक्षमा खगिसरा बिक,सह सचिवमा राजेन्द्र बिष्ट,सदस्यमा लोग विक,बिष्णु थापा,मञ्जु विक,अम्वकला थापा,गणेश थापा,शेर बहादुर थापा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

११ सदस्य रहेको सामुदायिक बन उपभोक्त समितिको १२ जना प्रचण्ड–माधव समुह र नेपाली काग्रेस,राप्रपा लगायतका दलका उम्मेदवारले निर्वाचन जितेको हुन । आठबिस नगरपालिका –१ का शिवराज थापाले निर्वाचनमा २८४ मत खसेको र पाँच मत बदर भएको थियो । निर्वाचनमा प्रचण्ड–माधव समुह र नेपाली काग्रेस,राप्रपा लगायतका दलका प्यानलले घर चुनाव चिन्ह र केपी ओली पक्षिय प्यानलले बाघ निर्वाचन चिन्ह पाएका थिए ।