Loading... आजः बिहिबार, मंसिर ११, २०८३
Trending

दैलेखमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु


दैलेख  :   दैलेखमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । नारायण नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बुधबार जनचेतनामूलक र्‍याली सहित अभियान सुरु गरिएको हो ।
जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी सस्था र नेपाल पत्रकार महासंघ दैलेखका प्रतिनिधि सहित बजार परिक्रमा गरेर अभियान सुरु गरिएको हो ।

नारायण नगरपालिकाकी उपप्रमुख तप्ता थापाले लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरकार, सरोकारवाला निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताईन् । उनले पीडितको संरक्षण, न्यायको सुनिश्चितता र जनचेतना अभिवृद्धिमा नगरपालिका प्रतिबद्ध रहेको बताईन् ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानका क्रममा लैङ्गिक हिंसा न्यूनीकरण र जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने नारायण नगरपालिका महिला, बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गिता बुढाले बताईन् ।