Loading... आजः मङ्लबार, जेष्ठ २६, २०८३
Trending

मृतक परिवारलाई जनही १० लाख राहत


दैलेख  :   बदेलको आक्रमण भएको मृत्यु भएको परिवारलाई जनही दश लाख राहत वितरण गरिएको छ । संघिय सरकारले डिभिजन वन कार्यालय दैलेख मार्फत वन्यजन्तुबाट भएको मानविय क्षतिअन्तर्गत आएको राहत राहत रकम पीडित परिवारलाई उपलब्ध गराइएको हो ।
डिभिजन बन कार्यालय दैलेखका डिभिजन बन अधिकृत अम्मर बहादुर शाहले बदेलको आक्रमणमा परी मृत्यु भएका महावु गाउँपालिका –५ का प्रदिप बहादुर सिह र भैरवी गाउँपालिका–३ पदम बहादुर बष्टिका परिवारलाई राहत रकम वितरण गरिएको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयका अनुसार मृतकका परिवारलाई यसअघि तत्काल राहतस्वरूप क्रियाखर्च वापत जनही ५० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि वन्यजन्तुबाट भएको मानवीय क्षतिअन्तर्गत प्रदान गरिने राहत रकम वितरण गरिएको हो ।
राहत रकम वितरण गर्दै जिल्ला समन्वय प्रमुख नमराज शाहीले पछिल्लो समय मानव बस्ती बिस्तारै बसाई सरेर जान थालेपछि मानव र बन्यजन्तुको आक्रमणका घटनाहरु बढिरहेको बताउनुभयो । उहाँले बन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरणका लागि स्थानीय समुदायलाई सतर्क रहन आग्रह गर्नुभयो । जिल्लाका विभिन्न क्षेत्रमा वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएको भन्दै स्थानीयवासीले जोखिमयुक्त क्षेत्रमा सुरक्षा व्यवस्थापन र रोकथामका उपाय प्रभावकारी बनाउन सम्बन्धित निकायसँग पीडीत परिवारले माग गरेका छन ।