Loading... आजः मङ्लबार, जेष्ठ २६, २०८३
Trending

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा भण्डारी,संयोजकमा कोइराला निर्वाचित


दैलेख :  राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापतिमा बखत बहादुर भण्डारी निर्वाचित हुनुभएको छ । आइतवार सुरु भएको प्रथम जिल्ला अधिबेशन बाट बखत बहादुर भण्डारी सहित ११ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम जिल्ला अधिबेशन निर्वाचन समितिका संयोजक लोकेन्द्र बहादुर शाहीले निर्वाचनको मतपरिणाम सार्वजनिक गर्दै अध्यक्षमा बखत बहादुर भण्डारीले ९३ मत ल्याएर बिजयी हुँदा उहाँका प्रतिष्पर्धी प्रकाश कुमार बुढा,मित्रराज प्याकुरेल,बिनि बहादुर शाहीले क्रमस ६९,४३ ,४१ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला उपसभापतिमा गणेश बहादुर शाहीले ११३मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी जनक जिसीले १०४ मत प्राप्त गुर्नुभयो । सचिवमा रमेश कुमार केसी बिजयी हुनुभएको छ । सचिवमा रमेश केसीले १०५ मत ल्याउँदा उहाँका प्रतिष्पर्धी भास्कर सिजापतीले ९५ र निरक बहादुर कार्कीले ३९ मत प्राप्त गर्नुभयो ।
सह सचिवमा राम बहादुर शाहीले १२१ मत प्राप्त गरी बिजयी हुँदा उहाँका प्रतिष्पर्धी शेर बहादुर खड्काले १०३ मत प्राप्त गर्नुभयो ।
खुल्ला सदस्य तीन पदका लागी भएको प्रतिष्पर्धामा प्रेम बहादुर बुढा, जनक बहादुर शाही,सुशिल सिहं निर्वाचित हुनुभएको छ । उहाँहरुले क्रमस १०७,९० र ८४ मत प्राप्त गर्नुभएको थियो । अधिबेशनले समाबेशी सदस्यमा महेन्द्र प्रसाद शर्मा, मोतिराम खनाल, खुल्ला महिला बिमला शाही सदस्य र दलित महिला सदस्यमा लिला सुनार निर्वाचित हुनुभएको छ ।
जिल्ला अधिबेशनकै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको दैलेख निर्वाचन क्षेत्र नः १ को क्षेत्रिय संयोजकमा महेन्द्र कोइरालालाई निर्वाचित गरेको छ । क्षेत्रिय संयोजक पदमा धेरै आंकाक्षी भएपनि रास्वपालाई हाक्न सक्ने युवा नेता कोइराला लाई सर्वसम्मत निर्बाचित गरेको हो । क्षेत्रिय सयोजक पदमा निर्वाचित भएपछि मेरो कर्णालीलाई प्रतिक्रिया दिदै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अझै बलियो बनाएर दैलेख जिल्लाका ११ स्थानीय तहमामा स्थानीय तहको निर्वाचनमा बिजयी बनाउँने बताउनुभयो ।