पत्रकार सुनारलाई पत्नी बियोग


दैलेख : नेपाल पत्रकार महासंघका पूर्व कोषध्यक्ष बिशाल सुनार पत्नी बियोगमा पुर्नभएको छ । गत चैत ६ गते सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको ईभी गाडी दुर्घटनामा परेर गम्भीर घाइते भएकी ३६ वर्षीया रानाको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको थियो ।
सुर्खेतबाट दैलेखतर्फ आउदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८६२ नम्बरको ईभी हाइस चैत ६ गते साँझ ४स्५० बजे गुराँस गाउँपालिका–४ रिठा नजिक सडकमा पल्टिएको थियो। दैलेखको गुराँस गाउँपालिका–४ रतिखोलाका २२ वर्षीय मनिस शाहीले चलाउँदै आएको उक्त गाडी ब्रेक फेल भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
दुर्घटनाका बेला गाडीमा चालक र सहचालकसहित १३ जना सवार हुनुभएको थियो । तीमध्ये दैलेख नारायण नगरपालिका–१ लोकतान्त्रिक चोककी राना गम्भीर घाइते हुनुभएको थियो । घाइते रानाको झण्डै दुई सातादेखि भेरी अस्पतालमा उपचार भइरहेकोमा सोमबार साँझ उहाँको निधन भएको हो। उहाँ
सोसेक नेपालको कोषाध्यक्ष हुनुहुन्थ्यीयो ।

