सामाजिक विकासमन्त्रीको राजीनामा माग


सुर्खेत : कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको राजीनामा माग गरिएको छ । आइतबार बसेको कर्णाली प्रदेश सभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सामाजिक विकास मन्त्रीले काम गर्न नसकेको भन्दै राजीनमा माग गर्नुभएको हो । ‘जनताको आधारभूत सेवा दिने विषयमा स्पष्ट जवाफ नदिने, काम गर्न नसक्ने मन्त्रीज्यू तपाईं असक्षम हुनुहुन्छ, तुरुन्त राजीनामा दिनुस्,’उहाँले भन्नुभयो तपाईंले त्यो मन्त्रालय चलाउन सक्नुहुन्न ।
सचेतक जिसीले भन्नुभयो मुख्यमन्त्रीज्यू तपाईं नियमन गर्न सक्नुहुन्छ तपाईंको मातहतमा रहेको मन्त्रीज्यूलाई ’सभाको यसअघिका बैठकमा सामाजिक विकासमन्त्री भण्डारीमाथि उठेका प्रश्नको विषयमा भण्डारीले गतिलो र जिम्मेवार भएर जवाफ नदिएको उहाँको आरोप छ ।
‘क्यान्सर पीडित लगायत दीर्घ रोगीहरूलाई प्रदान गर्ने १ लाखको सन्दर्भमा जुन खालको जटिलता प्रदेश सरकार स्वयंले पैदा गरेको छ, त्यो गाँठो प्रदेश सरकारले छिटो भन्दा छिटो फुकाउनु पर्छ,’ जिसीले भन्नुभयो पीडितहरूले सहज ढङ्गले त्यो रकम प्राप्त गर्ने वातावरण बनाउनुपर्छ भनेर मैले त्यतिबेला उठाएको थिएँ ।’
तर मन्त्री भण्डारीले स्वष्ट जवाफ नदिएको उहाँको भनाइ छ । सदनमा उठेका प्रश्नको जवाफ नदिने बरु स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूको अनुहार हेरेर सरुवा गर्नेमै व्यस्त रहेको भन्दै आलोचना गर्नुभयो । ‘उस्तै प्रकृतिका केही कर्मचारीलाई उहाँले लखेटेको लखेट्टै गर्नुहुन्छ,।

