Loading... आजः शुक्रबार, बैशाख ५, २०८२
Trending

चिन्याथापा खोलामा मोटरेवल पुलको शिलन्यास


कमल शर्मा
दैलेख  :   आठबिस नगरपालिका –१ सात्तला र ठाटिकाँध गाउँपालिका हुदै मध्यपहाडीराजमार्गमा जोड्ने चिन्याथापा खोलामा आरसिसि मोटरेवल पुलको शिलन्यास गरिएको छ । कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय दैलेख बाट चिन्या थापाखोला आर सिसि मोटरेवल पुलको शिलन्यास कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री गमता विकले उक्त पुलको शिलन्यास गरेकी छिन । २०८१ फागुन २५ गते सम्झौता भएको पुल २०८३ फागुन २५ गते निर्माण सम्पन्न गर्ने गरी सचेत एमएम सनलाइट जेभी बीरेन्द्रनगर सुर्खेतले तीन करोड ९९ लाखमा ठेक्का सम्झौता गरेको छ । पुलको शिलन्यास गर्दै भौतिक पूर्वाधार विकास राज्यमन्त्री गमता विकले पुल निर्माण कार्यलाई दुर्त गतिमा अगाडी बढाउनु पर्ने बताइन । उनले निर्माण सम्पन्नको अवधी भित्रै मोटरेवल पुल निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिइन । उनले भनिन ठेक्का लिएर अलपत्र पार्ने समस्या देखिएको भन्दै त्यस तर्फ ध्यान दिन निर्माण कम्पनीलाई अनुरोध छ ।
पूर्वाधार विकास कार्यालय दैलेका कार्यालय प्रमुख इन्जिजिएर पदम प्रसाद देवकोटाले पुल निर्माणको जिम्मा पाएको कम्पनीले पुल निर्माणको सम्झौता भए लगत्तै काम सुरु गरेकाले पुल समयमै निर्माण हुनेमा आफुहरु बिवश्त भएको बताए । उनले पुल निर्माणमा कुनै प्राविधिक समस्या देखिएको समयमा पूर्वाधार विकास कार्यालय निर्माण कम्पनी संग समन्वय गरेर अगाडी बढ्ने बताए । उनले भने पूर्वाधार विकास कार्यालय बाट नियमित निरीक्षण गर्छौँ र गुणस्तरीय कामका लागी हामी प्रतिबद्ध छौँ ।
पुल निर्माणको जिम्मा पाएको सेचत एम एम सनलाइट निर्माण कम्पनीका राजेन्द्र शाही पुल निर्माणको समयावधि भित्र निर्माण गरेर हस्तान्तरण गर्ने बताए । उनले सम्झौता भए देखीनै आफुहरुले निरन्तर काम गरिएको र शिलन्यास समेत भइसकेको अबस्थामा अव काम नरोकिने बताए । यो पुलको लम्बाई २५ मिटर ११ मिटर छ ।
ठाटिकाँध गाउँपालिका–१ मा नर्तम बुढाले चिन्याथापा खोलामा पुल बनेपछि आठबिस नगरपालिका–१ रामघाट हुदै ठाटिकाँध र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा आवत जावत गर्ने सवारी साधन र यात्रुहरुलाई राहत हुने बताए । उनले पुल नहुादा बर्षाको समयमा यात्रुलो जोखिम पुर्णयात्रा गर्नु पर्ने बाध्यता पुल निर्माण भएपछि हट्ने बताए । उनले भने पुल बनेको खण्डमा रामाघाट भएर मध्यपहाडी राजमार्गमा जोडिएर यात्रा गर्दा छिटो पनि हुने र र सुरीक्षत पनि हुनेछ । चिन्याथापा खोलामा पुल नहुँदा धेरै सवारी साधनहरु कर्णाली राजमार्ग हुदै तल्लोडुगेश्वर आउने गरेका थिए।माथिल्लो कर्णाली बाट कर्णाली राजमार्गमा गुड्ने सवारी साधन र यात्रुहरुलाई समेत मध्यपहाडीको बाटो हुदै सियाकोट निस्कीन छिटो र सहज हुने बुढाको भनाइछ ।