Loading... आजः मङ्लबार, जेष्ठ १२, २०८३
Trending

प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा ढकाल निर्वाचित

सुर्खेत  :  नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको सातौं अधिवेशनबाट अध्यक्षमा बेदप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । शुक्रवार भएको अधिबेशन बाट सर्बसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । समितिको उपाध्यक्षमा दिनेश कडेल,सचिव शुक्रराज कडेल,सहसचिव सुरेन्द्रजंग शाही,कोषध्यक्ष त्रिभुवन बिसि निर्वाचित हुनुभएको छ ।

सदस्यमा सविता ढुंगाना,क्षेत्रमणि तिमिल्सिना ,तारा प्रसाद पौड्याल,तृष्णा मल्ल, शारदा शाही,डा अनुप बस्नेत क्षेत्री,सहप्रा डा करणसिंह धामी, लक्ष्मीप्रसाद बाँस्तोला, महेशकुमार शाही, योगेन्द्र बुढा निर्वाचित भएका छन ।

अधिबेशनले केन्द्रिय प्रतिनिधिमा रामप्रसाद कँडेल, नारायणनाथ योगी,डा सुशीलकुमार शाही, पदमराज जोशी,भीमबहादुर रोकाय, प्रविण भुसाल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।