प्रेस चौतारी दैलेखको अध्यक्षमा अधिकारी
दैलेख : प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको अध्यक्षमा उदयराज अधिकारी सर्वसम्मत निर्वाचित भएका छन । दैलेख शाखाको ७ औँ जिल्ला अधिवेशन मार्फत अधिकारीको अध्यक्षतामा नौ सदसिय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।
जिल्ला कमिटीको खुल्ला उपाध्यक्षमा पृथ वयलकोटी, महिला उपाध्यक्षमा पानसरा सिंह, सचिवमा यामराज विष्ट, कोषाध्यक्षमा रमेश भट्टराई, सहसचिव खुल्ला खगेन्द्र खड्का, समावेशी हिमेन्द्र विश्वकर्मा चयन भएका छन् ।