Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

मृत भेटिएको चितुवाको पोष्र्टम्यार्टम


दैलेख : दैलेखको आठबिस नगरपालिका –३ को सामुदायिक बनमा चितुवा मृत अबस्थामा फेला परेको छ । नगरपालिकाको वडा नः ३ देउली थाप्ले सामुदायिक वनको बडाखोला भन्ने ठाउँमा अन्दाजी आढाइ वर्षको पोथी चितुवा मृत अवस्थामा फेला परेको सवडिभिजन वन कार्यालय राकमकर्णालीले जानकारी दिएको छ । सव डिभिजनल बन कार्यालय राकमकर्णालीका बन अधिकृत विबेक बेलबासेले स्थानीयले बनमा गएको बेला चितुवा मृत भेटिएको खवर गरेपछि डिभिजन बन कार्यालय दैलेखको टोलीले उक्त चितुवालाई सदरमुकमा ल्याएको जानकारी दिए ।

डिभिजनल वन कार्यालयका कार्यालय प्रमुख राधाकृष्ण दासले शुक्रवार साझ अवेर मृत चितुवा ल्याएर जिल्ला पशु अस्पताल तथा पशुसेवा अस्पतालको सहयोगमा चितुवाको पोष्टम्यार्टम गरिएको जानकारी दिए । उनले स्थानीयले चितुवाले आंतक गरेको अबस्थामा कतै मासुमा विष हालेर मारेको वा अन्य कुनै कारण हो त्यसको रिर्पोट पोष्टम्यार्टम बाट आउने बताए । मृत चितुवाको छाला, नङग्रा काडेर राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको अखेटोपहार शाखामा पठाउने तयारी गरेको बताइएको छ । बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कुनै बन्यजन्तु मृत फेला परेमा हाड, छाला जस्ता बस्तु अखेटोपहार शाखामा राख्ने कानूनी व्यवस्था छ । जिल्ला प्रहरी कार्यालय दैलेखले घटना सम्बन्धी आवश्यक समन्वय गरिरहेको अबस्थामा बन्यजन्तु ऐन अन्र्तगत प्रहरीका उजुरी आएको खण्डमा आफुहरुले अनुसन्धान गरी अगाडी बढ्ने जानकारी दिएको छ ।