Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

जनयुद्धकासहिद परिवारलाई सम्मान


दैलेख  :   सहिद दिवस २०८१ को अवसरमा नेकपा माओबादी केन्द्र आठबिस नगर कमिटिले जनयुद्धका सहिद परिवारहरुलाई सम्मान गरेको छ । जनयुद्धमा सहभागी भई सहिद हुनुभएका आठबिस नगरपालिकाका १८ जना सहिदपरिवारलाई सम्मान गरिएको आठबिस नगर कमिटिका अध्यक्ष बसन्त बस्नेतले जानकारी दिए । उनले राष्ट्रिय सहिद दिवसको अवसरमा पार्टीको नगर अधिबेशनको अवसर पारेर सम्मान गरिएको बताए ।
नेकपा माओबादी केन्द्र दैलेखका जिल्ला संयोजक गोपाल रिजालले सहिद दिवसको अवसरमा देशको आमुल परिर्वतनमा ज्यान गुमाउनु प्रति राज्यका तीनै तहले सम्मान गर्नु पर्ने बताए । उनले प्रजातन्त्र स्थापना देखी संघिय लोकतान्त्री गणतन्त्र स्थापना गर्न विभिन्न आन्दोलनमा घाइते अपाङ्गलाई राज्यले न्याय दिनु पर्ने बताए । उनले भने तीनै तहका सरकारले ब्यबस्था परिवर्तनका लागी लडेका यौद्धाको सम्मानका लागी आवश्यक नीती तथा कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक देखिन्छ ।
त्यस्तै दैलेख सदरुमकामा जिल्ला समन्वय समितिले आयोजना गरेको सहिद दिवस २०८१ कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सुर्य कुमारी श्रेष्ठले सहिदहरुको परिभाषा स्पष्ट हुनुपर्ने बताइन । उनले राज्यका लागी योगदान गरी साहदत प्राप्त गरेका ब्यक्ति र सडक दुर्घटनामा परी मृत्यु भएका ब्यक्तिलाई एकै स्थानमा राखी सहिदलाई सम्मान गर्न नुहने बताइन । सहिद दिवसका अवसरमा आयोजना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,प्रतिनिधि सभाकाका निर्वतमान सांसद रबिन्द्रराज शर्मा,विभिन्न राजनितिक पार्टीका प्रमुखहरुले आफ्नो धारणा राखेका थिए ।