Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा,महासचिवमा मगर विजयी  


काठमाडौँ  :   अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । सापकोटाले ६ सय ८६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी हेमन्त राईले ६१५ मत ल्याए । त्यस्तै उपदेशकुमार यादवले ३१० मत ल्याउँदा सुदिन पौडेलले १९२ मत ल्याएका छन् ।

त्यस्तै महासचिवमा भने रोशन थापा मगर विजयी भएका छन् । अखिल क्रान्तिकारीको विधानअनुसार १ अध्यक्ष, खुला ४, समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष हुने प्रावधान छ ।

नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । अखिल क्रान्तिकारीले गत पुस १४ मा मतदान गराएर ३२ वर्षे उमेर हद लगाउनुपर्ने निर्णय गरेको थियो । त्यहीअनुसार केन्द्रीय समितिमा ३२ वर्ष उमेरमुनिका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।