Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

युनिटी रन हाफ म्याराथन आयोजना हुदैँ

सुर्खेत  :  नेपाली सेनाले कर्णालीको पहिचान बनेको लामो दूरीको दौड प्रतियोगिताको विकासका लागि युनिटी रन आयोजना गर्ने भएको छ । सेनाले हरेक वर्ष आयोजना गर्दै आएको युनिटी रन यो वर्ष ३ फागुनमा आयोजना गर्न जनाएको छ । निमारे ब्यारेकमा मंगलबार पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी दिएको हो ।

 

महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे ब्यारेक सुर्खेतको आयोजनामा हाफ म्याराथन प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । विभिन्न पाँच विधाहरूमध्ये २१, १० र पाँच किलोमिटर दौड प्रतियोगिता सञ्चालन गरिने सेनाले जनाएको छ ।

दौडतर्फ प्रथम हुनेले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुने १५ हजार पुरस्कार पाउनेछन् । १० किलोमिटर दौडमा प्रथम, दोस्रो तथा तेस्रो हुनेले क्रमशः २०, १० र पाँच हजार पुरस्कार पाउनेछन् । यस्तै, पाँच किलामिटर दौडमा प्रथम हुनेले १० हजार, पाँच हजार र तेस्रो हुनेले तीन हजार पुरस्कार पाउनेछन् ।