विद्यालयको पहुँच बाहीर छन आठ सय बढि किशोरी
कमल शर्मा
दैलेख : दैलेख जिल्लामा अझै पनि १० देखी १४ वर्ष उमेरका किशोरीहरु विद्यालयको पहुँच बाहीर रहेको एक सर्बेक्षणले देखाएको छ । जिल्लाका ११ स्थानीय तहमा गरिएको सर्बेक्षण अनुसार १० वर्ष देखी १४ वर्ष उमेर समुहका आठसय किशोरी विद्यालयको पहुँच बाहीर रहेको तथ्याङक सार्वजनिक गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले आइतवार दैलेख सदुमुकाममा आयोजना गरिएको महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर बिरुद्धको (एचपिभि) खोप सम्बन्धि जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकमा विद्यालयको पहुँच बाहीर रहेको आठ सय ५४ किशोरीलाई पनि खोप लगाइने तथ्याङक सार्वजनिक भएपछि उक्त किशोरीहरु विद्यालयको पहुँच बाहीर रहेको पाइएको हो । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ अनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षामा समतामुलक पहुँचको अधिकारको ब्यबस्था गरेपनि दैलेखका किशोरीहरु विद्यालयको पहँुच बाहीर रहेको तथ्याङक आएपछि सरोकारवाला निकायनै आश्र्चय परेका छन ।
शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका निमित्त कार्यलय प्रमुख रतन बहादुर बिष्टले आइतवार सार्वजनिक भएको तथ्याङकले आफुहरुलाई गम्भिर बनाएको बताए । उनले जिल्लाका ११ स्थानीय तहमा रहेका विद्यालयले भर्ना सप्ताह अनुसार प्रत्येक टोल र बस्तीमा पुगेर भर्ना सम्बन्धि जानकारी दिइने र भर्ना गर्ने गरेपनि प्रत्येक पालिकामा १० वर्ष देखी १४ उमेर समुहका बालिकाहरु कसरी छुटे भन्ने विषयमा स्थानीय सरकार अझै गम्भिर बन्नुपर्ने बताए । उनले भने एक दुई जना छुट्न अपबाद भएपनि धेरै किशोरीहरु विद्यालयको पहुँच बाहीर भएको देखिनु दुखदपक्ष हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले खोप अभियानका लागी किशोरीहरुको तथ्याङक संकलन स्थानीय सरकार संग समन्वय गरी तथ्याङक संकलन गरिएको बताए । उनले विद्यालयमा अध्ययनरत गर्ने १० वर्ष देखी १४ वर्ष उम्मेर समुहका किशोरी र बाहीर रहेका किशोरीलाई पनि खोप दिइनु पर्ने भएपछि उक्त विषय बाहीर आएको बताए । उनले भने पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउन कोही किशोरी नछुटोस भनेर विवरण माग्दा स्थानीय सरकारले नै विद्यालयको पहुँचमा रहेको र नरहेको तथ्याङ दिएका हुन ।
दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले स्वास्थ्य सेवा कार्यालयले सार्वजनिक गरेको तथ्याङकलाई वास्तविक भए नभएको विषयमा आफुले स्थानीय तह संग समन्वय गरी अगाडी बढ्ने बताए । उनले आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयमा नगएको हो वा के हो त्यसको खोजी गरी आवश्यक निर्णय गरिने बताए । उनले भने यो तथ्याङक हेर्दा स्थानीय तह र शिक्षा सम्बन्धि काम गर्ने सरकारी तथा गैर सरकारी सस्थाहरुलाई समेत बोलाएर छलफल गर्छौ ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिंरासिह थापाले विद्यालयको पहुँच बाहीर रहेका किशोरीहरुको आएको संख्यामा आफु विश्वस्त नभएको बताए । उनले सामाजिक सेवा केन्द्र मार्फत गुराँस गाउँपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिका,ठाटिकाँध गाउँपालिका, भगवतीमाई गाउँपालिका लगायत अन्य केही पालिकामाहरुमा शिक्षामा काम गरिरहेको भएपनि अहिले सार्वजनिक भएको तथ्याङकमा आफुहरुले विश्वास नगर्ने बताए । उनले भने गुराँस गाउँपालिकामा १० वर्ष देखी सामाजिक सेवाकेन्द्रले शिक्षा सम्बन्धि काम गरेको छ त्यहा ४० जना किशोरी विद्यालयको पहुँच बाहीर भनेको कुरा सत्य होइन ।
स्थानीय सरकार र शिक्षा सम्बन्धि काम गर्ने गैससले बजेट सक्न मात्र कागजपत्रमा तथ्याङक देखाउने समस्या रहेको सरोकारवालाले बताएका छन । उनीहरुले खोप अभियान संचालन गर्दा यो किशोरीहरुको संख्या देखियो किशोरहरुको संख्या अझै धेरै हुन सक्छ तत्काल खोजी गरी विद्यालयको पहुँचमा पु¥याउनु सरोकारवाला निकायले ध्यान दिनपर्छ ।