१६ हजार किशोरीलाई पाठेघर बिरुद्धको खोप लगाइदै
कमल शर्मा
दैलेख : दैलेखका करिव साढे १६ हजार किशोरीलाई महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर बिरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप दिइने भएको छ । दैलेख जिल्लका ११ वटा स्थानीय तहका विद्यालयमा अध्ययनरत १५ हजार ४४३ र विद्यालय बाहीर रहेका ८४५ गरेर १६ हजार २९७ जना किशोरीलाई खोप लगाउने स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले दैलेखका ११ स्थानीय तहलाई दुई भागमा बिभाजन गरी माघको २२ गतेदेखि २५ गते सम्म पहिलो चरण नारायण नगरपालिका,भैरवी गाउँपालिका,भगवतीमाई गाउँपालिका,नौमुले गाउँपालिका,डुगेश्वर गाउँपालिका गुराँुस र महावु गाउँपालिकामा खोप अभियान संचालन हुने जानकारी दिए । उनले माघको २७ गते देखी दुल्लु नगरपालिका,आठबिस नगरपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाटिकाँध गाउँपालिकामा खोप अभियान संचालन हुने बताए ।
उनका अनुसार दुई सय ४० खोप केन्द्रमा उक्त खोप लागाउने र माघको ३० गते सम्म विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने जनाइएको छ । खोप लगाउनका लागि अहिले जिल्लाका सबै पालिका तहका स्वास्थ्यकर्मीलाई तालिम दिने र लगायतका कामहरु भइरहेको. स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।
खोप अधिकृत रेग्मीका अनुसार आठबिस नगरपालिकामा कक्षा ६ देखी १० सम्मका एक हजार आठ सय ४० र विद्यालय बाहीर रहेका दुई सय १२ गरी दुई हजार ५२ जना, भगवतीमाई गाउँपालिका कक्षा ६ देखी १० सम्मका नौ सय ७१ र विद्यालय बाहीर रहेका ३८ गरी एक हजार नौ जना भैरवी गाउँपालिका कक्षा ६ देखी १० सम्मका एक हजार १०४ जना र विद्यालय बाहीर रहेका एक सय १५ जना गरी एक हजार २१९ जना, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कक्षा ६ देखी १० सम्मका एक हजार ७१६ जना र र विद्यालय बाहीर रहेका एक सय २३ जना गरी एक हजार ८३९ जनाले खोप लगाउने भएका छन ।
त्यस्तै दुल्लु नगरपालिकामा कक्षा ६ देखी १० सम्मका तीन हजार ५२ जना र विद्यालय बाहीर रहेका १०३ जना गरी तीन हजार १५५ जना, डुगेश्वर गाउँपालिकाका कक्षा ६ देखी १० सम्मका आठ सय जना र विद्यालय बाहीर रहेका २५ जना थरी ८२५ जना , गुराँस गाउँपालिकाका कक्षा ६ देखी १० सम्मका एक हजार २८० जना र विद्यालय बाहीर रहेका ४० किशोरी गरी एक हजार ३२० जना, महावु गाउँपालिकामा कक्षा ६ देखी १० सम्मका एक हजार १० जना ,नारायण नगरपालिकामा कक्षा ६ देखी १० सम्मका एक हजार ४३३ जना र विद्यालय बाहीरका ६४ जना गरी एक हजार ४९७ जना ,नौमुले गाउँपालिकाका कक्षा ६ देखी १० सम्मका एक हजार १६१ जना र विद्यालय बाहीरका ६ जना गरी एक हजार १६७ जना र ठाटिकाँध गाउँपालिका कक्षा ६ देखी १० सम्मका एक हजार ७६ जना र विद्यालय बाहीरका १२८ जना गरी एक हजार २०४ जनालाई खोप लगाइदै छ ।
जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी नवराज जैसीले खोपलाई प्रभावकारी रुपमा लगाउनु पर्ने बताए । उनले कुनै पनि किशोरीहरुलाई खोप बाट बञ्चित नगराई सबैलाई समेटेर खोप लगाउनु पर्ने र कुनै समस्या देखिएको खण्डमा तत्काल खवर गर्न आग्रह गरे ।