Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

अक्षाममा मृत भेटिए दुई किशोरी

फोटा साभार गोरखापत्र

अछाम  :  बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । ढकारी गाउँपालिका –८, पल्साता निवासी १३ र १५ वर्षीया दुई किशोरीको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ ।

स्थानीय षोडशा सामुदायिक वनमा शुक्रबार बाख्रा चराउन गएका दुई किशोरीलाई खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको स्थानीय रामबहादुर भण्डारीलाई उदृत गर्दै बालाराम ढकालले जानकारी दिए । दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । मृत भेटिएका दुई जना किशोरीका आफन्तले हत्या भएको आशङ्का गरेका छन् । ढकारी गाउँपालिका ८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको ढकारी गाउँपालिकाकै –१ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ शव फेला परेको थियो ।

शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन् । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनका लागि स्थानीय प्रशासनसँग माग गरेका हुन् । शव क्षतविक्षत अवस्थामा अलग–अलग ठाउँमा फेला परेका छन् । मृतक दुबै जना एउटै परिवारको हुन् । मृतकमध्ये सरस्वती फुपु र ईशरा नातामा भदैनी पर्छन् ।