Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

कर्णाली प्रदेशसभा माओवादीद्वारा अवरुद्ध

सुर्खेत  :   प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभा अवरुद्ध गरेको छ । माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री भएका बेला ल्याएको वार्षिक १० हजारलाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ अलपत्र पारेको भन्दै संसद् अवरोध गरेको हो ।

बैठक सुरु भए लगत्तै दल नेता शर्माले बोल्दै भने– ‘कर्णालीका नागरिकलाई रोजगारी दिने, गरिबी निवारणका लागि हामीले उक्त परियोजना यही संसदबाट पारित गरेका हौँ । तर अहिलेको सरकारले लात हान्दै कार्यक्रम रोक्यो ।’

सरकारले मनपरी गरेर कर्णालीका नागरिकमाथि अन्याय गरिरहेको र उक्त कार्यक्रम अगाडि नबढाएसम्म संसद् चल्न नदिने उनले बताए । प्रदेश सरकार कर्णालीको गरिबी निवारण गर्न अग्रसर नभएको भन्दै उक्त कार्यक्रम अगाडि बढाइनुपर्ने, त्यसो नगरे संसद् अवरोध कायम रहने शर्माले बताए ।