Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

असारे विकासमै अल्झीए स्थानीय सरकार

..

कमल शर्मा
दैलेख  :   यहाँका जिल्लाका स्थानीय तहको विकास बजेट खर्च निराशाजनक देखिएको छ । जिल्लाका ११ स्थानीय तहले चालु आर्थिक बर्ष २०८०÷०८१ को साउन देखी पुस मसान्तको बजेट खर्च कम भएको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखले जानकारी दिए अनुसार जिल्लाका ११ स्थानीय तहको बिकास बजेट तथा पुँजीगत खर्च २६.२४ प्रतिशत रहेको जानकारी दिएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका लेखापाल छत्रमान सुबेदीले ११ स्थानीय तहको कुल बजेट पुँजीगत ९८ करोड ३३ लाख ३४ हजारमा २५ करोड ८० लाख ८० हजार खर्च भएको जानकारी दिए । उनले स्थानीय तहमा हाल सम्म निकासा गएको बजेटको प्रतिशत २६.२४ प्रतिशत देखिएपनि स्थानीय तहले कति बजेट खर्चभयो भन्ने कोष तथा लेखानियन्त्रण कार्यालयमा जानकारी नुहने बताए । उनले भने हामीले गाउँपालिका तथा नगरपालिकाले पहिला लगेको बजेट खर्च गरेको आधारमा बजेट दिने ब्यबस्था बमोजीम बजेट निकासा दिने गरेका छौँ । स्थानीय सरकारले समयमै योजना सम्झौता गर्ने गरेपनि असार मसान्तमा भुक्तानी लिने समस्याले बजेट खर्च नदेखिने गरेको स्थानीय तहले जानकारी दिएका छन ।

जिल्लाको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले गाउँपालिकाले हरेक योजना समयमै सम्पन्न गर्न प्रयत्न गरेको भएपनि उपभोक्ता तथा ठेकेदारहरुको ढिला सुस्तीका कारण समयमै बजेट खर्च नहुने समस्या रहेको बताए । उनले भने योजना सम्झौता समयमै हुने भएपनि काममा ढिलाई गर्ने र काम सम्पन्न भएपनि भुक्तानी समयमै लिन नआउने समस्याले बजेट खर्च नदेखिएको हो ।

विकास बजेट खर्च कम हुनुले दैलेखका स्थानीय तहहरू असारे विकासको मानसिकताबाट अझै मुक्त हुन नसकेको पुष्टि हुन्छ । एक वर्षभित्र सम्पन्न गर्नुपर्ने योजनाको समयमै सम्झौता, काम सम्पन्न र भुक्तानी दिन यहाँका स्थानीय तहहरू अझै गम्भीर बन्न सकेका छैनन् । महालेखाको आर्थिक बर्ष २०७९/०८०मा उल्लेख गरिए अनुसार जिल्लाका स्थानीय तहले आर्थिक बर्षको असार महिनामा बजेट धेरै खर्च गर्ने गरेको उल्लेख गरेको छ ।

महालेखाको प्रतिबेदनमा उल्लेख गरिए अनुसार नारायण नगरपालिकाले आर्थिक वर्ष २०७९को प्रतिबेदन अनुसार कुल पुँजीगत खर्च १७ करोड ८२ लाख भएकोमा पहिलो चौमासिकमा ८५ लाख ८८ हजार,दोस्रो चौमासिकमा एक करोड १० लाख २५ हजार,तेस्रो चौमासिकमा चार करोड ३१ लाख ५५ हजार र चौथौ त्रैमासिकमा ११ करोड ५५ लाख १० हजार असार महिनामा मात्र सात करोड १० लाख ६७ हजार खर्च गरेको छ । दुल्लु नगरपालिकाको कुल पुँजीगत खर्च २६ करोड २० लाख ९९ हजार भएकोमा प्रथम चौमासिकमा दुई करोड ४४ लाख ३८ हजार दोस्रो चौमासिकमा पाँच करोड १६ लाख दुई हजार तेस्रो चौमासिकमा १८ करोड ६० लाख ५९ हजार र असार महिनामा मात्र १० करोड ७ हजार खर्च गरेको छ ।

त्यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिका कुल पुँजीगत खर्च १४ करोड ५४ लाख ३१ हजार भएकोमा पहिलो चौमासिकमा ६३ लाख ५८ हजार दोस्रो चौमासिकमा एक करोड ६३ लाख ५८ हजार तेस्रो चौमासिकमा दुई करोड १३ लाख ५८ हजार चौथो त्रैमासिकमा १० करोड १३ लाख ५७ हजार र असार महिनामा मात्र सात करोड ९० लाख तीन हजार रहेको छ । आठबिस नगरपालिका कुल पुँजीगत खर्च १७ करोड ११ लाख २४ हजार भएकोमा पहिलो चौमासिकमा दुई करोड ४० लाख ८३ हजार,दोस्रो चौमासिकमा तीन करोड १६ लाख ९३ हजार,तेस्रो चौमासिकमा ११ करोड ५३ लाख ४७ हजार र असार महिनामा मात्र पाँच करोड ६५ लाख ६३ हजार खर्च भएको छ ।
ठाटिकाँध गाउँपालिकाको कुल पुँजीगत खर्च १४ करोड ८० लाख ६९ हजार भएकोमा पहिलो चौमासिक २६ लाख २९ हजार दोस्रो चौमासिक एक करोड ४३ लाख एक हजार तेस्रो चौमासिक १३ करोड ११ लाख ३९ हजार असार महिनामा मात्र नौ करोड ४५ लाख ३१ हजार खर्च गरेको छ ।

भैरवी गाउँपालिकाले कुल पुँजीगत खर्च रु १७ करोड ९७ लाख आठ हजार भएकोमा पहिलो चौमासिक ६४ लाख ४६ हजार दोस्रो चौमासिकमा ६१ लाख ३९ हजार तेस्रो चौमासिकमा एक करोड ७२ लाख ४७ हजार चोथो त्रैमासिकमा १४ करोड ९८ लाख ७६ हजार र असार महिनामा मात्र नौ करोड ७१ लाख ९४ हजार खर्च गरेको छ ।
महावु गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा खर्च कुल पुँजीगत खर्च १२ करो ७१ लाख ९८ हजार भएकोमा पहिलो चौमासिकमा २० लाख ९५ हजार दोस्रो चौमासिकमा ७८ लाख १५ हजार तेस्रो चौमासिकमा दुई करोड ९३ लाख र चौथो त्रामासिकमा रु ८ करोड ७९ लाख २८ हजार खर्च गरेको छ । गाउँपालिकाले असार महिनामा मात्र पाँच करोड १२ लाख खर्च भएको देखिन्छ । आर्थिक बर्षान्तको खर्च उच्च रहेको देखिन्छ ।

डुगेश्वर गाउँपालिकाको कुल पुँजीगत खर्चको नौ करोड ३५ लाख ९५ हजार भएकोमा पहिलो चौमासिकमा ९७ लाख ६८ हजार दोस्रो चौमासिकमा दुई करोड आठ लाख ६५ हजार तेस्रो चौमासिकमा छ करोड २९ लाख ६२ हजार चोथो त्रैमासिकमा नौ करोड ३५ लाख ९५ हजार र असार महिनामा मात्र तीन करोड ३० लाख ६ हजार खर्च गरेको छ ।
गुराँस गाउँपालिकाले कुल पुँजीगत१६ करोड २ढ लाख ८९ हजार भएकोमा पहिलो चौमासिकमा २० लाख ४ हजार,दोस्रोे चौमासिकमा ६६ लाख १३ हजार तेस्रो चौमासिकमा तीन करोड १७ लाख ९५ हजार चौथो त्रैमासिकमा १२ करोड २५ लाख ७७ हजार खर्च भएको छ । असार महिनामा मात्र आठ करोड ४३ लाख ६८ हजार खर्च भएको देखिन्छ ।

नौमुले गाउँपालिकामा कुल पुँजीगत खर्च १३ करोड ४ लाख ९० हजार भएकोमा पहिला चौमासिकमा नौ लाख ६१ हजार दोस्रो चौमासिकमा एक करोड ९४ लाख छ हजार तेस्रो चौमासिकमा ११ करोड एक लाख २३ हजार असार महिनामा मात्रै सात करोड ७७ लाख ९२ हजार खर्च भएको छ । भगवतीमाई गाउँपालिकाको कुल १६ करोड ३३ लाख ९३ हजार भएकोमा पहिलो चौमासिकमा ४५ लाख १४ हजार दोस्रो चौमासिकमा एक करोड ३० लाख ६८ हजार तेस्रो चौमासिकमा तीन करोड ८२ लाख ८८ हजार र चौथो त्रैमासिकमा १० करोड ७५ लाख पाँच हजार असार महिनामा मात्र छ करोड ३५ लाख सात हजार खर्च भएको देखिन्छ ।