Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

निजामती कर्मचारी संगठन दैलेखको अध्यक्षमा न्यौपाने


दैलेख  :   नेपाल निजामती कर्मचारी संगठन दैलेखको अध्यक्षमा महेन्द्र प्रसाद न्यौपाने निर्वाचित भएका छन । शनिबार जिल्ला सदरमुकाम दैलेखमा भएको १२ औँ जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। उनी दोस्रो कार्याकालका लागी निर्वाचित भएका हुन ।

कार्यसमितिको खुला उपाध्यक्षमा नेत्र बस्नेत , महिला उपाध्यक्षमा सुसिला मिश्र सचिवमा मिलन कुमार रुपाखेती कोषाध्यक्षमा लोकेश कुमार शाही सह सचिवमा पृथ ढकाल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार जिल्ला सदस्यहरुको नाम र केन्द्रिय प्रतिनिधि लगायतको नामवली सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन ।