छाउँप्रथा उन्मुलनमा स्थानीय सरकार उदासिन
कमल शर्मा
दैलेख : जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ की २३ वर्षिया तुल्सी शाहीको छाउँगोठमा बसेको बेला सर्पले टोकेर २०७५ असारमा २२ मृत्यु भयो । त्यस्कै जेठ ८ गते छाउँगोठमा बसेको बेला लालसरा बिकको सर्पले टोक्दा समयमै उपचार हुन नसेपछि मृत्युवरण गर्नुप¥यो । छाउँगोठमै बसेका बेला किशोरीहरुले मृत्युवरण गर्दा समेत स्थानीय सरकारले प्रभावकारी कार्यक्रम संचालन गर्न नसक्दा छाउँपडि प्रथा न्युनीकरण हुन सकेको छैन ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख माया कुमारी सिंह स्थानीय सरकारले छाउँपडि प्रथा जस्ता कुसस्कार हटाउँन आवश्यक बजेट बिनियोजन नगरेका कारण छाउँपडि प्रथा उन्मुलन सम्बन्धि कार्यक्रम प्रभावकारी बनाउन नसकिएको बताइन । उनले नगरपालिकाले यो आर्थिक वर्षमा पाँच लाख मात्र बजेट बिनियोजन गरेको र त्यही बजेट भित्र रहेर महिला, बालबालिका,जेष्ठनागरिक सम्बन्धि कार्यक्रम संचालन गरिएको बताइन । उनले भनिन छाउँपडि प्रथा न्युनीकरण सम्बन्धि नौ वडा मध्ये तीन स्थानमा महिलाहरु जम्मा गरेर कार्यक्रम आयोजना गरिएको त्यहाँ लैगिङक हिंसा बालबिवाह,घरेलुहिंसा सम्बन्धि छलफल कार्यक्रम आयोजना गरेका थियौँ ।
जिल्लाको आठबिस नगरपालिकाले समेत छाउँपडि प्रथा उन्मुलनका लागी आवश्यक नीती तथा कार्यक्रम संचालन गरेको छैन ।
छाउँपडि प्रथा धेरै भएको पालिकामा समेत छाउँप्रथा न्युनीकरणका लागी आवश्यक बजेट नहुँदा कार्यक्रम प्रभावकारी रुपमा संचालन हुन नसकेको नगरपालिकाका कार्यरत कर्मचारीले बताएका छन । आठबिस नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख रितु शाहीले स्थानीय सरकारले छाउँप्रथा न्युनीकरण तथा उन्मुलनका लागी आवश्यक नीति तथा कार्यक्रम संचालन गर्न नसकेको बताइन । उनले आफ्नो शाखामा जम्मा दुई लाख १० हजार बजेट बिनियोजन भएको र त्यसैका आधारमा कार्यक्रम गर्नु परेको बताक्ष्न । उनले भनिन हामी कार्यक्रम गर्न तयार रहेपनि आवश्यक बजेट नभएका कारण कार्यक्रम गर्न सकेनौ भएको बजेट बाट सचेतनाका कार्यक्रम मात्र संचालन गरेका छौँ ।
आठबिस नगरपालिकाका नगर प्रमुख तर्क बहादुर बडुवालले नगरपालिकाले सचेतनाका कार्यक्रम मात्र नगरपालिकाले संचालन गरेको बताए । उनले छाउँप्रथा सस्कार नभएर कुसस्कार भनेर स्थानीय नागरिकलाई सचेतना जगाएका छौँ नगरपालिका सबैको घरमा गएर गोठ भत्काउन सक्दैन र बजेट बिनियोजन गर्न पनि सक्दैन ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उप प्रमुख मनिषा शर्माले बिगत भन्दा छाउँपडि प्रथा नगरपालिकामा कम भएको बताइन । उनले भनिन प्रत्येक घरमा छाउँगोठको अबस्था थियो अहिले त्यो छैन छाउँ वार्नेहरु समेत घरमै बस्छन यसले बिस्तारै छाउँप्रथा न्युनीकरण हुनेमा आफुहरु बिवश्त भएका छौँ । नगरपालिकाले सामाजिक विकास तर्फका धेरै कार्यक्रम आयोजना गरेपनि प्रचारमा आउन नसकेको बताइन । स्थानीय शासन बिज्ञ दिपेश घिमिरेले स्थानीय सरकारले विकास भनेको पूर्वाधार निर्माणमा मात्र ध्यान दिँदा सामाजिक विकासका काम अलपत्र परेको बताए । उनले जनप्रतिनिधि भएका नै छाउँ वार्ने र बाहीर छैन भन्ने समस्याले छाउँप्रथा जहाँको त्यही रहेको बताए । उनले भने स्थानीय सरकारका जनप्रतिनिधिलाई समेत सामाजिक विकासका के के पर्छन भनेर सिकानउनु पर्ने अबस्था छ ।
संघिय सरकारले चार वर्ष अघि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको अगुवाईनमा देशका १९ जिल्लामा छाउँगोठ भत्काउने अभियान संचालन गरेपनि अहिले सम्म छाउँगोठ कायमै रहेको समेत पाइएको छ । तत्कालीन समयमा छाउँवार्नेलाई सरकारी सेवा सुविधा नदिने स्थानीय सकारले निर्णय गरेपनि निर्वाचनको बेला आफ्नो पार्टीलाई मत कम आउने नाममा आफै लचिलो भएपछि छाउँपडि प्रथा न्युनीकरण हुन नसकेको नागरिक समाजका अगुवाहरुले बताएका छन । नागरिक समाजका अगुवा बालकृष्ण प्याकुरेलले स्थानीय सरकार आफैले गर्नु पर्ने काम गैरसरकारी सस्थाको भर पर्ने सस्याले आफ्नो पालिकामा रहेको कुसस्कार र कुसस्कृतिहरुलाई उन्मुलन गर्न चुकेको बताए ।