Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

गुरुयोजना निर्माण , कार्यान्वयनमा चुनौती


कमल शर्मा
दैलेख  :   स्थानीय स्रोत साधनको अधिक्तम प्रयोग गरी जिल्लाको आर्थिक,सामाजिक र पूर्वाधार विकास मार्फत दैलेख जिल्लालाई नमुना बनाउने उद्देश्यले समृद्ध दैलेख गुरुयोजना निर्माण लागिए पनि त्यसको कार्यान्वयन कसले गर्ने भन्ने कुरा नै गुरु योजनामा उल्लेख गरिदा गुरु योजना निर्माण नहुदै कार्यान्वयनमा चुनौती देखिएको छ । शनिवार दैलेख सदरमुकाममा आयोजना गरिएको सभा बाट आएका सुझावलाई समेट्ेर गुरु योजना निर्माण गरिएको जिल्ला समन्वय समिति दैलेखले जनाएको छ ।
गुरुयोजनामा तत्कालीन मध्यकालिन र दिर्घकालीन विकास योजनाको पहिचान, प्रथामिकरण,बजेट सुनिश्चिता,पूर्वाधार निर्माणका काम नमुना बनाउने ,दिगो विकासका लागी टुक्रे योजनालाई निरुत्साहित र योजनामा दोहोरो पना हुन नदिन समृद्ध दैलेख गुरु योजना निर्माण गरिएको बताइएको छ । जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले जिल्लाको विकासमा एकरुपता ल्याउने, गुणस्तरीय विकास गर्ने,योजनाको दोहोरोपना हटाएर एकद्धारा प्रणाली बाट योजना छनोट गर्न,योजनाको आवश्यकताका आधारमा पहिचना , प्रथामिकता दिएर बजेट सुनिश्चित गर्ने उद्देश्यले दैलेखको गुरु योजना निर्माण गरिएको बताए । उनले जिल्लाको शिक्षा,स्वास्थ्य ,खानेपानी योजना, पूर्वाधार ,सडक, विद्युत लगायतका योजनाहरुलाई एक,दुई पाँच दश बर्षे र १५ बर्षे सम्म योजना बनाएर समृद्ध दैलेख बनाउनु गुरु योजना महत्वपूर्ण हुने बताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले दैलेख समृद्धको गुरु योजना निर्माण पश्चात यहाँको विकास र समृद्धिको यात्रा अगाडी बढ्ने बताए । उनले स्थानीय तह, पालिका स्तरीय र जिल्ला स्तरीय योजनाहरुको पहिचान प्रथामिकता दिएर बजेटको सुनिश्चित गर्न तर्फ सबै सरोकारवाला निकायले अपनत्व लिन सक्ने बताए ।
गुरु योजनामा जिल्ला अस्पताललाई १५ वर्ष भित्र २०० शैय्याको अत्याधुनिक अस्पताल बनाउने ,दुल्लु अस्पताललाई १५ वर्ष भित्र एक सय ५० शैय्याको अस्पताल बनाउने निर्माणाधीन अबस्थामा रहेको एक सय श्ययाको आठबिस अस्पताललाई एक बर्ष भित्र संचालनमा ल्याउने, गुरु योजनामा शिक्षा तर्फ सबै पालिकामा क्याम्पस र माध्यामिक विद्यालयलाई पाँच बर्षभित्र डिजिटल सिकाइ केन्द्रका रुपमा विकास गर्ने जिल्लाका माध्यामिक विद्यालयको पाँच बर्षभित्र भौतिक संरचना निर्माण गर्ने ,सबै पालिकामा पाँच वर्षमा क्याप्स स्थापना गर्ने,संगित विद्यालय संचाल गर्ने,लोपउन्मुख राउटे समुदायको मातृ भाषाको संरक्षण र प्रर्बद्धन गर्न तीन बर्षभित्र गुराँस गाउँपालिकामा राउटे भाषा स्कुल संचालन गर्ने गुरु योजनामा समाबेश गरिएको छ ।
खानेपानी तर्फ साहारे खानेपानी योजना दुई वर्ष भित्र ब्यबस्थीत गर्ने ,भाप्र खानेपानी योजना पाँच बर्षभित्र भैरवी र दुल्लुमा ब्यबस्थीत गर्ने, मजुवा खानेपानी आयोजना पाँच वर्षभित्र भैरवी ७ र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा बिस्तार गर्ने सात बर्षभित्र सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यराखिएको छ । दैलेख जिल्लामा प्रत्येक पालिकामा तीन वर्ष भित्र डम्पीङसाइड निर्माण गर्ने, जिल्लालाई दुई वर्षभित्र पुर्ण सरसफाई जिल्ला घोषणा गर्ने,आधुनिक शौचालय निर्माण गर्ने बजार क्षेत्रमा निर्माण गर्ने योजनामा समेटिभएको छ ।
समृद्ध दैलेख घोषणा सभामा संघिय संसदको शिक्षा स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापा, संघिय सरकारको पूर्व कानुन मन्त्री गोबिन्द बन्दी, कर्णाली प्रदेश सरकारका भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री बिनोद कुमार शाह, भौतिक पूर्वाधार राज्यमन्त्री गमता विक कर्णाली प्रदेश समाजिक विकास समितिका सभापति पुर्णखत्री लगायतका नेताहरुले जिल्लाको विकासको मोडल तयार पारिएको भएपनि त्यसलाई निर्माण गर्न बजेट सुनिश्चित गर्न सबैले हातेमालो गनु पर्ने बताएका छन ।
नेपाल पत्रकार महासंघ दैलेखका सचिव हिम सिजापतीले गुरु योजना निर्माण गर्ने नामममा कोठामा बसेर योजना बनाएको भन्दै गुरु योजना निर्माणको बिरोध गरेका थिए । उनले योजना बनाउने तर त्यसको कार्यान्वयन नगर्ने समस्या बिगत देखीनै कायम रहेको बताउँदै कोठामा भित्र बसेर बनाएका योजनाले समृद्धि नल्याउने बताए ।
स्थानीय तहका प्रमुख उप प्रमुखहरुले योजना बनाएपनि सबै कुरा स्थानीय तह संग जोडिएर आउने भएका कारण स्थानीय तहले आफ्नो नीती तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने गरिएपनि त्यसलाई जिल्ला बाट निर्वाचित सांसद मन्त्रीहरुले निर्वाचन क्षेत्र नहेरेर आवश्यक सहयोग गर्नु पर्ने बताएका छन । प्रस्तावित गुरुयोजनाको कार्यान्वयन अवधि १५ वर्षसम्मको रहने र त्यसको कार्यान्वयनका लागी केन्द्रिय र प्रदेश र जिल्लामा गुरुयोजना कार्यान्वयन निर्देशन समितिसमेतको परिकल्पना गरिएको छ ।