Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

सामाजिक रुपान्तरणका सवालमा जनप्रतिनिधि र युवा संग अन्तरक्रिया

अमृत बहादुर प्याकुरेल

दैलेख  :   समाजिक रुपान्तरणका लागी जनप्रतिनिधि र युवाहरु संग अन्तरक्रिया गरिएको छ । समाजमा रहेका विद्यमान कुरीति, कुसंस्कारलाई त्यागेर सुसभ्य समाजका लागि अग्रसरता जगाउने अभियानलाई सामाजिक रुपान्तरणका लागि युवाहरुसंग अन्तरक्रिया गरिएको हो ।

नगरपालिकाकाका जनप्रतिनिधि र युवाहरु सहभागी रहेको उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइराला र दैलेख उद्योग बाणिज्य संघका महासचिव प्रकाश पौडेलले सामाजिक रुपान्तरका लागि युवाको भूमिका विषयमा सहजीकरण गरेका थिए ।

त्यस अन्तर जातीय विभेद सवाल र समाधानका उपाय विषयमा अधिकारकर्मी पत्रकार अमर सुनार र युवाहरुमा लागु औषध दुव्र्यसनी समस्या समाधान विषयमा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहालले प्रशिक्षण दिएका थिए ।

नारायण नगरपालिकाका मेयर लोमन शर्माले युवाहरुको क्षमता विकासमा लागु औषध दुव्र्यसनी समस्या बनेको बताए । सामाजिक विकास कार्यालय दैलेखका कार्यालय प्रमुख महेशकेशर खनालले समाजमा विद्यमान सामाजिक कुचलन हटाउन सामाजिक रुपान्तरण अभियान विषयमा प्रकाश पारेका थिए ।