Loading... आजः शुक्रबार, बैशाख ५, २०८२
Trending

सुरु भयो अन्बेषणात्मक ‘वेल ड्रिलिङ’

..


कमल शर्मा
दैलेख  :   दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खननका लागी आवश्यक पर्ने पुर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसंगै अन्बेषणात्मक (वेल)कार्यको उद्दघाटन गरिएको छ । आइतवार संघिय सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी पेट्रोलियम पद्धार्थको अन्बेषणात्मक (वेल) ड्रिलिङ कार्यको उद्दघाटन गरेका छन । पेट्रोलियम पद्धार्थको अन्बेषणात्मक (वेल) ड्रिलिङ कार्यको उद्दघाटन गर्दै उद्योग बाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारीले पेट्रोलियम पद्धार्थकोको अन्बेषण तथा उत्खनन भएमा मुलुक आर्थिक समृद्धिको यात्रामा अगाडी बढ्ने बताए ।

उनले देशमा भएका थुप्रै खानीहरुको अध्ययन अनुसन्धान गरी उत्खनन गर्न नेपाल सरकार लागी रहेको बताए । उनले दैलेखमा पेट्रोलियम पद्धार्थ भएको पुष्टि भएमा देशलाई आर्थिक रुपमा ठुलो टेवा पु¥याउने र पेट्रोलियम पदार्थको आयत होईन निर्यात गर्ने मुलुकका रुपमा नेपाल चिनिने बताए । तत्कालीन समयमा भारतले लगाएको नाकाबन्दीका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुगर्नुभएको परियाजनाले सार्थकता उन्मुख भएको छ अव छिटै परियोजनाले मुख्य डिलि«ङको काम सक्नेबित्तिकै पे«टोलीयम पदार्थको परिणाम पत्ता लाग्ने र थप अन्बेषण तथा उत्खननका कामहरु हुने मन्त्री भण्डारीको भनाईछ ।

खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले पेट्रोलियम पदार्थको उत्खननको अन्तिम अन्वेषण तथा उत्खननको मुख्य ड्रिलिङका लागी आवश्यक उपकरण जडान गरिसकेपछि मुख्यड्रिलिङको काम सुरु भएको जानकारी दिए । उनले मुख्यड्रिलिङको काम सुरु भएको चार महिना भित्र सम्पन्न गरिसक्ने गरी काम भइरहेको जानकारी दिए । उनले भने अहिले सम्म १७५ वटा ट्रकहरु दैलेख पुगेको बताउँदै अझै बाँकी रहेको उपकरणहरु ल्याउने काम भइरहेको जानकारी दिए । चीनको केरुङबाट अन्य उपकरण ल्याउने तयारी गरिरहेको परियोजनाले जनाएको छ ।

दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपाल बीच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनी बीच अन्वेषण र उत्खनन गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो । नेपालमा देखिएको कोरानाका कारण एक वर्ष धकिलिएको काम कोरोना नियन्त्रण भएपछि सुरु गरिएको थियो ।