दैलेखका अधिकाँस सामुदायिक बनमा डढेलो


कमल शर्मा
दैलेख : सोमवार भैरवी गाउँपालिका –४ मा रहेको थलामेला सामुदायिक बनमा डढेलो लाग्यो । सामुदायिक बनमा लागेको डढेलो निभाउन नसक्दा भैरवी गाउँपालिका–४ बस्ने शेर बहादुर थापाको खरले छाएको घरमा डढेलोे लागेर पुरै नष्ट भयो । मानवीय र पशुचौपाय केही नभएको भएपनि आगलागी बाट अनुमानीत दुई लाख बराबरको सामाग्री नष्ट भएको प्रहरीले जनाएको छ । आइतवार भैरवी गाउँपालिका –३ गडाजिउलामा कविराज आर्चायको घरमा आगलागी भयो । खाना पकाउने बेला आगोको झिल्काले खरले आछएको घरमा भेटायो । आगो निभाउन नसकेपछि घरभित्र रहेको अन्नपात,लत्ताकपडा,भाडाबर्तन र नगद ५९ हजार रुपियाँ नष्ट भयो ।
त्यस्तै दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका –२ चाल्नेमा रहेको धामकपासेको सामुदायिक बनमा लागेको डढेलो लाग्यो । हावाहुरीका कारण बनमा लागेको डढेलो गणेश सिजापतीको दुई तले घरमा लाग्यो । घरमा कोही नभएको बेला घरमा लागेको आगो निभाउन नभएपछि घरभित्र रहको अन्नपात,लत्ताकपडा,भाडावर्तन र काठगरी छ लाख बराबरको क्षती भयो । सोही बनमा लागेको आगोले तुल बहादुर सिजापतीको घरमा पुग्यो र घरमा भएका लत्ताकपडा अन्नपात सबै जल्यो । घरमा आगलागी भएपछि आफुहरुलाई खान बस्न निकै कठिनाई भएको उनको भनाईछ ।
माथीका केही उदहरण मात्र हुन । सामुदायिक बन समिति को वेवास्ताका कारण जिल्लाका अधिकाँस सामुदायिक बन जंगलहरुमा डढेलो लागेको छ । डढेलोले जिल्लाका ११ स्थानीय तहमा रहेका सामुदायिक वनहरु डढेंलोले सखाप पारेको छ । गर्मी बढे सगै अधिकाँस बनजंगलहरुमा डढेलो लागेपछि सम्बन्धित निकायले चासो नदिदा अहिले यहाँका अधिकांस वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । चैत देखी दैलेख जिल्लाका बनमा लागेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुको साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् ।
हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् । अहिलेसम्मा जिल्लाका ५० भन्दा वटा सामुदायिक जङ्गलमा डढेलो लागेको छ । डिभिजन बन कार्यालय दैलेखका सहायक बन अधिकृत बेद प्रसाद ढाकालले जिल्लाका ३८४ वटा सामुदायिक बन मध्ये अधिकाँस सामुदायिक बनमा आगलागी भएको जानकारी दिए । उनले जंगल भन्दा सल्ला भएको जंगलमा स्थानीयले जानी जानी आगो लगाउने गरेको र स्थानीयले बर्षाको समयमा घास पलाउने आशयले आगो लगाउने गरेको छन ।
आगलागीका घटना दिनहुँ बढ्दै गएपछी दैलेख तीन वटै सुरक्षा निकाय उच्च सर्तकतामा राखिएको भएपनि अहिले सम्म परिचालन गर्न सकिएको छैन । कति बेला आगलागी हुन्छ र परिचालन गर्ने भन्ने समेत अनुमान गर्न नसकिएका कारण आगलागी नियन्त्रण गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल आर्चायले जिल्लाका सामुदायिक बनमा लागेको नियन्त्रण लिन प्रहरीलाई हम्मे भएको बताए । उनले नागरिकले प्रहरीलाई खवर गरेपपछि प्रहरी पुग्ने गरेको बताए ।

