Loading... आजः सोमवार, माघ २८, २०८१
Trending

अग्रज पत्रकार गौतमलाई राष्ट्रिय पत्रकारिता पुरस्कार


सुर्खेत  :   सुर्खेतमा लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध रहेका अग्रज पत्रकार सूर्यमणि गौतम पुरस्कृत भएका छन् । गौतमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो ।

 

गौतम लामो समयदेखि सुर्खेतमा रहेर पत्रकार पेशमा आवद्ध थिए । सुर्खेतबाट प्रकाशीत हुने काँक्रेविहार दैनिकका पूर्व प्रकाशक एवम् सञ्चालकसमेत रहेका गौतम नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष र पूर्व केन्द्रीय सदस्य हुन् ।
अग्रज पत्रकार गौतम हाल मध्यपश्चिम विश्वविद्यालयमा आम सञ्चार पत्रकारीता विषय अध्यापन गराउँदै आएका छन् । गौतमसँगै राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी तृप्ती शाही पनि पुरस्कृत भएकी छन् । उनी सुर्खेतमा बसेर कान्तीपुर दैनिकमा आवद्ध छिन ।