Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कांग्रेसका मन्त्रीहरुले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

सुर्खेत  :   पत्रकार सम्मेलन मार्फत राजीनामा दिएका मन्त्रीहरुले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा पत्र पेस गरेका छन्। कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरु गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

गण्डकि प्रदेशमा नेपाली काँग्रेस बाट मुख्यमन्त्री बनेका सुरेन्द्र पाण्डे र सुदुरपश्चिम प्रदेशमा नेपाली काँग्रेस बाट मुख्यमन्त्री बनेका कमल शाहले माओबादी निकट मन्त्रीहरुलाई बर्खास्त गरेको केही समय पछि कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसका मन्त्रीहरुले पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेको जानकारी दिएका थिए । उनीहरुले अन्य प्रदेश जस्तै माओबादी बाट मुख्यमन्त्री नियुक्त भएका राजकुमार शर्माले बखास्त गर्ने डरेले पहिले नै राजीनामा बुझाएका हुन ।

नेपाली काँगेस बाट आर्थिक मामिला तथा योजना मन्त्री रहेका बेदराज सिहले केन्द्रमा भएको सत्तासमिरणकै कारण आफुहरुले राजीनामा दिन लागेको बताएका थिए । उनले केन्द्रमा सत्तापरिवर्तन नहुँदै कर्णाली प्रदेश सरकारले कामको गति लिन नसकेको भन्दै एक महिना अगाडीनै राजीनामा पत्र लेखेर काँग्रेस संसदीयदलका नेता जीवन बहादुर शाहीलाई समेत बुझाउन गएको र पछि दलको नेतानै रोक्न लगाएको बताएका थिए ।