Loading... आजः आइतवार, चैत्र ९, २०८१
Trending

लोकसेवा आयोगको राष्ट्रिय सम्मेलन सुर्खेतमा सुरु

सुर्खेत  :   लोकसेवा आयोको चौथो राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा बुधबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष फागुन २३ र २४ गते आयोगहरूको राष्ट्रिय सम्मेलन यस पटक कणाली प्रदेशको सुर्खेतमा सुरु भएको हो ।
सम्मेलनको उद्घाटन सङ्घीय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गरेका छन । सम्मेलनको उद्दघाटन गर्दै उहाँले लोक सेवा आयोगलाई कर्मचारी भर्नाको उत्कृष्ट केन्द्र बनाउन प्रदेश लोक सेवा आयोगहरूलाई सुझाव दिए । लोकसेवा आयोगहरू आम नागरिकका आस्था र विश्वासका धरोहर भएकोले यी संस्थाको गरिमालाई अझै बढोत्तरी गरी आयोगलाई कर्मचारी भर्नाको उत्कृष्ट केन्द्र बनाउनेतर्फ लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगबिच प्रभावकारी सहकार्य र समन्वय हुन अति आवश्यक रहेको बताए ।

उदघाटनसत्रमा सात वटै प्रदेशका प्रदेश लोक सेवा आयोगका अध्यक्षले आयोगमा जनशक्ति अभाव रहेको, शून्य अवस्थाबाट काम गर्नुपरेको, सङ्घीय निजामती सेवा ऐन नबन्दा काम गर्न नसकिएको, समावेशी आयोगले कार्य सम्पादनमा केही कठिनाइ आएकोजस्ता समस्याहरू अवगत गराए । यद्यपि चुनौतीका बिच पनि विभिन्न पदहरूको विज्ञापन खोली योग्य कर्मचारी छनोट गरी सिफारिस गरिएको उनीहरूको भनाइ छ ।