Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

प्रदेश निजामती सेवा सम्बन्धी विधेयक संसदमा पेश


सुर्खेत  :   कर्णाली प्रदेशको निजामती सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बिहीबार बसेको प्रदेशसभा बैठकमा विधेयक पेश गरेका हुन् ।

प्रदेश सरकारले संविधानको धारा २८५ अनुसार निजामती सेवा सम्बन्धी कानुन बनाउन लागेको हो । प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानूनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले बताए । ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामकरण गरिएको छ ।