Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

शिक्षा विधेयकको विरोध गर्दै शिक्षकहरु धर्नामा


सुर्खेत  :   संघीय शिक्षा विधेयकको विरोध गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिएको छ ।
‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ नाराका साथ प्रदेशस्तरीय विरोध कार्यक्रम अन्तर्गत महासंघले मन्त्रालयमा धर्ना दिएको हो । विभिन्न दल निकट शिक्षकका संघ संगठनले संयुक्त रूपमा सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका हुन् ।

सरकारले प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान राखेकाले कर्णाली प्रदेशभरीका शिक्षक आन्दोलित भएको नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवेन्द्र अधिकारीले जानकारी दिए । प्रस्तावित शिक्षा विधेयकमा भएको शिक्षक तथा कर्मचारीको हित विपरीतका व्यवस्थाहरु सरकारले सुधार नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि शिक्षकहरुले दिएका छन् ।