Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सञ्चालनमा आयो दश शैय्याको अस्पताल


अमृत बहादुर प्याकुरेल
दैलेख  :  नेपाल सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत भगवतिमाई गाउँपालिकाले दश शैय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका गाउँपालिका बासीलाई स्वास्थ्य सेवामा सहज पु¥याउने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाले जानकारी दिएको छ ।
भगवतिमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले भगवतीमाई गाउँपालिकाले तेस्रो गाउँ सभाबाट १० शय्याको अस्पताल निर्माणका लागि ६७ लाख रुपैयाँ विनियोजन र कर्णाली प्रदेश सरकार आर्थिक तथा योजना मन्त्रालयबाट १ करोड रकममा अस्पताल निर्माण गरिएको बताए । उनले दश शय्याको अस्पताल निर्माणका लागी एक करोड चार लाख रकम खर्च भएको बताए । उनले भने अस्पताल यस अघि नै सञ्चालनमा ल्याउने तयारी गरे पनि कोरोना महामारी कारण अस्पताल सञ्चालन गर्न सकिएको थिएन गाउँपालिकाले गाउँपालिका –१ बेस्तडामा कोरोना अस्पताल सञ्चालन गरेको र त्यसलाई अस्पतालमा सारेका छौ । उनले थपे गाउँपालिकाले डाक्टर नियुक्त गरी सेवा दिइरहेका छौ थप सेवा बिस्तारका लागी अस्पतालमा चाहिने विभिन्न उपकरण र जनशक्तिको ब्यबस्थानका लागी पहल गरिरहेको छौ ।

भगवतिमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रको नयाँ युगमा प्रवेश गरेको बताए । उनले जनताको स्वास्थ्य नै सबैभन्दा महत्त्वपूर्ण भएकाले जनतालाई कसरी स्वास्थ्य सेवा प्रवाह गर्न सकिन्छ भन्नेमा गाउँपालिका सरकार लागी लागि परेको बताए । उनले भने कोभिड–१९ को विषम परिस्थितिमा पनि सहज ढङ्गले नागरिक र गाउँपालिकाको सेवा समर्पित हुनु हुने चिकित्सक एवं स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद दिँदै अस्पतालबाट गुणस्तरीय र प्रभावकारी सेवाको लागि भगवतिमाई गाउँपालिका तयार रहेको छ ।
दश शैय्याको अस्पतालमा एक जना डाक्टर, स्टाफ नर्स दुई जना, फार्मेसी एक जना ,ल्याव एक जना,कार्यालय सहयोगी, स्वीपर एक जना गरी सात जना अस्पतालमा कार्यरत रहेका छन् । काजमा एक जना अनमी र एक जना अहेव राखी सेवा दिइरहेको जनाइएको छ ।

भगवतिमाई गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याए सँगै स्थानीय खुसी भएका छन् । सामान्य उपचारका लागि जिल्ला अस्पताल वा बाह्य जिल्ला जानु पर्ने बाध्यताको अन्त्य भएको उनीहरूले बताएका छन् । भगवतिमाई गाउँपालिका –३ का नरेन्द्रराज रेग्मीले स्थानीय सरकारले नेपाल सरकारको नीति अनुरुप अस्पताल निर्माण गरी सेवा सञ्चालनमा ल्याएको भन्दै गाउँपालिकालाई धन्यवाद दिए । उनले बिरामीले अकालमै मृत्युको मुखमा पुग्नु पर्ने बाध्यताको अन्त्य समेत भएको बताए ।