Loading... आजः सोमवार, माघ २३, २०७९
Trending

क्रिस्टियानो रोनाल्डो साउदीको क्लबमा आबद्ध


काठमाडौं  :  पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् । म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७.७ करोड पाउन्डमा सम्झौता गरेका हुन् ।रोनाल्डोको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएको छ ।

रोनाल्डोलाई यसअघि साउदीकै अर्को क्लब अल हिलालले पनि भित्र्याउने प्रयास गरेको थियो तर सफल भएन । अन्ततस् रोनाल्डो साउदीकै नासरसँग अनुबन्ध भए । रोनाल्डो अनुबन्ध भएको क्लब साउदीको चर्चित क्लब हो । जसले ९ पटक साउदी लिग जितेको छ । रोनाल्डोलाई भित्र्याएपछि क्लबले नयाँ इतिहासको सुरु भएको बताएको छ ।