Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नागरिकले अनुभव गर्ने गरी शान्ति सुरक्षामा दिन्छौँ : प्रहरी उपरीक्षक थापा

सुर्खेत  :  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्दसिह थापाले नागरिकले अनुभूती गर्ने गरी शान्ती सुरक्षा प्रदान गर्ने बताएका छन । प्रदेश राजधानीसमेत रहेको सुर्खेत सुरक्षा दृष्टिकोणले अति सम्बेदनशिल रहेकाले अपराधजन्य गतिविधि रोकथाममा विशेष सुरक्षा योजना लागु गरिने बताए ।

उनले लागुऔषध ओसारपसार, चोरी निकासी, झै झगडा, घरेलु हिन्सा, सामाजिक अपराध, कालोबजारी, सडक दुर्घटना तथा प्रहरी नै अपराधिक घटनामा संम्लग्न हुने जस्ता घटनामा बृद्धि हुँदै गएको बताउँदै राज्यले दिएको अधिकारको पूर्ण अधिनमा रही शान्ति सुरक्षा प्रत्याभुतिका लागि कुनै कसरत बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरे ।

‘प्रहरी संगठनमा गलत कार्यमा संलग्न प्रहरी कर्मचारीलाई विभागिय कारवाही हुन्छ, यसमा कुनै सम्झौता गरिदैन, यदि कहि कतै यस्तो भेटिए मलाई खबर गर्नुस त्यस्ता कर्मचारीलाई हामी कारवाहीको दाहेरामा ल्याउछौं । एसपी थापाले भने, सञ्चारकर्मी राज्यका चौथो अंग हुन्, शान्ति सुरक्षा र अमन चयनमा तपाईहरुको पनि भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ, अपराध तथा अपराधिक घटनाको सूचना भएको खण्डमा प्रहरीलाई जानकारी गराउनुहोस्, तपाईले दिएको सूचनाले ठुला अपराधलाई निरुत्साहित गर्नमा टेवा पुग्छ ।’