Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

स्वरुपराजको स्वरमा म एक्लै छु सार्वजनिक (भिडिओ)

दैलेख  :  गायक स्वरुपराज आचार्यको स्वरमा म एक्लै छु बोलको गीत सार्वजनिक भएको छ। जोसेफ शाही यट्युव च्यानलमार्फत शुक्रबार गीतको भिडिओ सार्वजनिक गरिएको हो। गीतको शब्द रचना र प्रस्तुती कुमार रेग्मीले गरेका हुन्। जोसेफ शाही ठकुरीको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतमा किशोर थापाको ध्वनी सम्पादन रहेको छ।

भिडिओमा जीवन भट्टराई, लक्ष्मी बर्देवा, कुमार रेग्मी, सागर दाहाल, टिका निरौला, शान्ता रेग्मीलगायतको अभिनय देख्न सकिन्छ। जीवनमा सबै कुरा पाएर पनि मन मिल्ने मान्छे नभेट्दा आफैंमा एक्लिएको पारलैंगिक पात्रको कथा गीतमा समेटिएको छ। यो म्युजिक भिडिओलाई जीवन र लक्ष्मीले निर्देशन गरेका हुन्। बुद्ध थापाले छायांकन गरेको भिडिओलाई विष्णु खड्काले सम्पादन छन्।