एक अर्कालाई रोक्ने दाउमा सहकर्मी
दैलेख : विस ०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नः १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले बाट रबन्द्रिराज शर्मा र प्रदेश सभा सदस्यमा अम्मर बहादुर थापा उम्मेदवार थिए । रबिन्द्रराज शर्माले आफूलाई मत माग्ने क्रममा अम्मर बहादुर थापालाई मत नदिने भए मलाई पनि नदिनु भन्दै भाषण गरे । कारण थियो एमालेबाट प्रदेश उम्मेदवार बनेका अम्मर बहादुर थापा सँग प्रतिस्पर्धी प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका स्वर्गीय नेता जगतजग थापा रबिन्द्रराज शर्माका वडावासी थिए । आफूलाई मात्र मत माग्दा प्रदेश सभा सदस्यमा अम्मर बहादुर थापा पराजित हुने डर थियो । त्यस कारण उनले आफूलाई मात्र होइन प्रदेश सभाका उम्मेदवारलाई प्राथमिकता दिएर मत मागे । यसपालि परिस्थिति फेरिएको छ । एकीकृत समाजवादीका नेता अम्मर बहादुर थापा सत्तागठबन्धन बाट उम्मेदवार बनेका छन भने उनी सँग एमालेका रबिन्द्रराज शर्मा प्रतिस्पर्धा गर्दै छन ।
रबिन्द्रराज शर्मा र अम्मर बहादुर थापा एउटै पार्टीमा २९ वर्ष काम गरेका सहकर्मी हुन । बिस २०४७ सालमा नेकपा एमाले दैलेख जिल्लाको संस्थापक भएर पार्टी स्थापना गरेका शर्मा र २०५० सालमा एमाले बनेका अम्मर बहादुर थापा दुई सहकर्मीको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । शर्मा पटक पटक उम्मेदवार सिफारिस भएपनि २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो पटक राप्रपा नेपाल र नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार दीपक कुमार शाहीलाई पराजित गरी पहिलो पटक ससद प्रवेश पाएका थिए भने अम्मर बहादुर थापा २०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा नेपाली काँग्रेसका गणेश बहादुर खड्का सँग पराजित भएका थिए ।
२०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका गणेश बहादुर खड्कालाई पराजित गरी पहिलो पटक ससद बनेका थिए । त्यस बेला नेपाली काँग्रेसकै नेता नरसिह मल्ल बागी लडेको र चुनावी प्रचार समितिको संयोजक रबिन्द्र शर्मा भएका कारण पनि उनी बिजय हुन सफल भएका थिए । २०७४ सालमा भएको प्रदेश सभा सदस्यमा नेकपा एमाले बाट दैलेख निर्वाचन क्षेत्र नः १ को प्रदेश सभा(ख)मा उम्मेदवार बनेका थापाले नेपाली काँग्रेसका जगतजंग थापालाई पराजित गरेका थिए ।
कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फ्लोरक्रस गरी विश्वासको मत दिएपछि भने थापा र शर्माको राजनीति फरक पार्टी बाट भइरहेको छ । संसदीय इतिहासमै फ्लोरक्रस जस्तो जघन्य अपराध गरी छ महिने भौतिक पूर्वाधार विकास मन्त्री बनेका थापा चार पटक निर्वाचन लड्दै छन भने शर्मा दोस्रो पटक निर्वाचन लड्दै छन ।
सत्ता गठबन्धन बाट उम्मेदवार बनेका थापा र नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्मा निर्वाचनमा आ आफ्नो जीत हुने दाबी गरिरहेका छन । पार्टी विभाजनपछि कमजोर बनेको एमालेका शर्मा र साङ्गठनिक हिसाबले पछि रहेको समाजवादीका थापा दुवै जना कम्युनिस्टका उम्मेदवार काँग्रेस मतदाताको भरमा चुनाव जित्ने दाउमा छन ।
एक पटक संविधानसभा सदस्यसँगै प्रदेशसभा सदस्य हुँदै ६ महिने मन्त्रीसम्म बनेका समाजवादीका थापा र एक कार्यकाल प्रतिनिधिसभा सदस्य बनेका एमालेका शर्मामध्ये कसलाई प्रतिनिधिसभामा पठाउने निर्णायक मत काँग्रेस मतदाताको हातमा रहेको विश्लेषण हुने गरेको छ दैलेख–१ मा रहेका ६ वटा स्थानीय तहमा समाजवादी पार्टीको मत भार करिब पाँच हजार पाँच सयको हाराहारी छ भने नेपाली काँग्रेसले २१ हजार २५७ मत प्राप्त गरेको छ ।
नेकपा एमालेले भने एक्लै १९ हजार ८९५ मत प्राप्त गरेको छ । गठबन्धनको मतको भार भन्दा एमाले नौ हजार पछाडी छ । नेपाली काँग्रेस बाट विद्रोही गरी स्वतन्त्र उम्मेदवार निरख बहादुर थापा र नेपाली काँग्रेस बिपी बाट उम्मेदवारी दिएका भूपाल विक्रम थापाले काँग्रेसका कति मत काट्ने हुन भन्ने सहजै अनुमान गर्न नसकेका कारण पनि चुनावी परिणाम कसको पक्षमा आउने र कसको ससद यात्रा कसले रोक्ने भन्ने अनुमान गर्न कठिन छ ।
तर एमालेका रबिन्द्रराज शर्मा जनताका बिचमा लोकप्रिय नेताका रुपमा छवी बनाएको र काँग्रेस बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नभएका कारण पनि आफु सहज जित्ने बताउछन । शर्मा र थापा बिचको चुनावी प्रतिष्पर्धामा कुन्ती कुमारी शाही इन्ट्रीले भने झन रोचक हुने भएको छ । शाहीले पनि काँग्रेसका उम्मेदवार नभएका कारण धेरै मत लिने अनुमान समेत गरिएको छ ।