Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

पोखरा :   गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार बर्खास्त गरेका हुन् । उनी उम्मेदवार बन्न नपाएपछि निष्क्रिय थिए । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए ।

 

खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त भएका थिए । यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो ।दुबै मन्त्रयालय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैले राखेका छन ।