Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

नेपाल युएईसँग पराजित

काठमाडौं  :  तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल युएईसँग फराकिलो रन अन्तरले पराजित भएको छ। टियू क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा नेपाल युएईसँग ८५ रनको अन्तरले पराजित भयो। हारसँगै नेपाल सिरिजमा १–० ले पछि परेको छ। टियू क्रिकेट मैदानमा पहिलो ब्याटिङ गर्दै युएईले नेपाललाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा नेपाल पूरै ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रनमै समेटियो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाउँदा अर्जुन साउदले ५१ रन प्रहार गर्दै डेब्यूमा नै अर्धशतक बनाए। नेपालका लागि अन्त्यमा गुल्सन झाले १९ रनको अविजित इनिङ खेल्दा उनीबाहेक थप दोहोरो रनको स्कोरका रुपमा आसिफ शेखले १२ रन बनाए। कमजोर ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्ल शून्यमा रनमा पेभिलियन फर्किँदा कप्तान रोहित पौडेलले १ रनमात्र बनाए।

हरिशंकर साहले ८ रन बनाउँदा कुशल भुर्तेलले ६ रन तथा सोमपाल कामीले ३ रन बनाए। ललित राजवशी ६ रनमा अविजित रहे। नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका आयुस अफजल खानले ४ विकेट लिए भने बसिल हमिदले २ विकेट हात पारेका थिए।

त्यसअघि टियू मैदान कीर्तिपुरमा टस जितेको नेपालले पहिले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो। युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाउँदा ओपनरहरू मुहम्मद वसिमले ४० र भ्रित्या अर्विन्दले ४० रन बनाए। उनीहरूले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए।

अलिसान सर्फुले २९ रन बनाउँदा आयान अफजल खानले २६ रन बनाए। अहमद रजाले २७ रन बनाउँदा बसिद हमिद १४ रनमा आउट भए।
नेपालका लागि गुल्सन झाले २ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ११ विकेट हात पारे।