Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

प्रा.डा गोविन्द केसीको सुरु गरे  २०औँ सत्याग्रह 

धनगढी  :  कैलालीको धनगढी पुगेका चिकित्सा शिक्षासम्बन्धी अभियन्ता प्राडा गोविन्द केसीले आफ्नो २०औँ सत्याग्रह शुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित सत्याग्रह शुरु गरेका हुन्।

डा केसीले आफ्नो माग पूरा गर्न सरकारलाई २ साता (भदौ २८) सम्मको अल्टिमेटम दिएका थिए। तर आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहप्रदेशमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए।

‘प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह बसेपछि माग सम्बोधन हुन्छ कि’‚ उनले भने। सत्याग्रहको दौरानमा डा केसीले सादा पानीमात्र पिउने बताएका छन् भने उक्त स्थलमा सिसिटिभी जडान गर्न आग्रह गरेका छन्।