Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपालको ४ गोल

काठमाडौं  :  महिला साफ च्याम्पियनसिपमा नेपाल ४/० गोलले अग्रता लिएको छ। दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध ४/० गोलको अग्रता लिएको हो। नेपालका लागि रश्मी कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले गोल गरेका थिए। नेपालले पहिलो खेलमा भुटानलाई ४/० गोलले पराजित गरेको थियो।