Loading... आजः मङ्लबार, कार्तिक २७, २०८१
Trending

बिउँ पाउँदा खुसी भए किसान

दैलेख  :  कोरोना महामारीका कारण स्वदेशमै फर्केका युवा, विपन्न र एकल महिलालाई आलुको बिउँ वितरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, डुगेश्वर गाउँपालिकको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड–१९ ग्रिन रिकभरी परियोजना मार्फत दुई सय ३० घरपरिवारलाई प्रति घर ५० केजी आलुको शत प्रतिशत अनुदानमा बिऊ वितरण गरिएको हो । रोजगारीका लागि विदेशीएका र कोरोना महामारीका कारण रोजगारी छोडेर स्वदेशमै बसेका युवा, एकल महिला, घरेलुहिंसामा परेका महिला लाई व्यावसायिक रूपमा आलु खेती तर्फ आकर्षण गर्ने र उनीहरुको आय आर्जनमा टेवा पु¥याउने उद्देश्यले आलुको बिउँ सहयोग गरिएको बताइएको छ ।

महिला सशक्तीकरण मञ्चका कृषि प्राविधिक अधिकृत दिवस केसी महामारीको बेला भएको रोजगारी गुमेको र घरमा आम्दानीको स्रोत नभएका विपन्न युवा र एकल महिलालाई शत प्रतिशत अनुदानमा बिउ सहयोग गरिएको बताए । उनले डुगेश्वर गाउँपालिका २,३ मा रहेका नौ वटा कृषि समुहका तीन सय २० किसानलाई ११ हजार पाँच सय केजी आलुको बिउ दिएको बताए ।
सामान्य तरकारी खेती बिउँ किन्न समेत साहु बाट ऋण निकाल्नु पर्ने बाध्यतामा रहेका किसानलाई ५० केजी कार्डिनल जातको आलुको बिउ पाउँदा खुसी भएको प्रतिक्रिया दिएका छन ।
महिला सशक्तीकरण मञ्च नेपालका कार्यकारी निर्देशक लक्ष्मी जिसीले वैदेशिक रोजगारी बाट फर्केका र रोजगारी गुमाएका युवाहरूलाई उत्पादनमा जोड्नका लागि दुई सय ३० जनालाई बिउँ दिएको बताइन । उनले परियोजना र पालिकाको साझेदारीमा संचालीत कार्यक्रममा भएका कारण पालिका मार्फत समेत अन्य बिउहरु समेत बिवतरण गर्ने तयारी गरेको बताईन ।