Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

हेल्लो मुख्यमन्त्री कार्यक्रम सञ्चालन हुँदै


सुर्खेत :  कर्णाली प्रदेश सरकारले हेल्लो मुख्यमन्त्री हटलाइन सेवा सञ्चालनको तयारी गरेको छ। कर्णालीका नागरिकका गुनासा तथा समस्या सुन्नका लागि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ एप्स र हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको छ। कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनका लागि उक्त सेवा सञ्चालन गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। उक्त एप्स निर्माणको अन्तिम चरणमा रहेको कार्यालयले जनाएको छ।