Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

जिप दुर्घटनामा ५ को घटनास्थलमै मृत्यु, ९ जना घाइते

दार्चुला  :  गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए । उनका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।

उनका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो । अन्य विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।