Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

पूर्वमन्त्री हेमराज राई एमाले फर्किए


काठमाडौँ  :  मुलपार्टी छाडेको १० वर्षपछि पूर्वमन्त्री हेमराज राई एमालेमै फर्किएका छन्। १० वर्षअघि एमालेको जनजाती नीतिप्रति असहमति जनाउँदै अशोक राईसँगै उनीपछि संघीय समाजवादी गठनमा लागेका थिए। हालै जसपा त्यागेर बसेका राई दश जना केन्द्रिय सदस्यसहित एमाले प्रवेश गरेका हुन्।

उनीसहित जसपा केन्द्रीय सदस्यहरु शान्त कुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, पवित्रा तिमल्सिना, उमेश थापा, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकरबहादुर सार्की एमाले प्रवेश गरेका हुन्। अध्यक्ष ओलीले पार्टी कार्यालय च्यासलमा राईसहितका नेताहरुलाई स्वागत गरेका हुन्।

 

उनीसँग जसपाका १० जना संघीय परिषद् सदस्य, १९ जना प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जना जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, ४५ जना जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरु पनि एमाले भित्रिएका छन्। जसपामा उपेन्द्र यादव र डा। बाबुराम भट्टराईले बेग्लाबेग्लै बैठक बसेर कारबाहीको शृङ्खला अघि बढाउन थालेपछि हेमराजले राजीनामा दिएका थिए।