Loading... आजः आइतवार, कार्तिक ९, २०८३
Trending

वडाकार्यलय बाटै जेष्ठनागरिकलाई भत्ता वितरण


दैलेख  :  गुराँस गाउँपालिकाले प्रत्येक वडा कार्यालयबाट जेष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ । गुराँस गाउँपालिकाको रानिमत्तामा रहेको प्रभु बैकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आए पनि जेष्ठनागरिकलाई बैक बाट भत्ता बुझ्न झन्झटिलो भएपछि वडाकार्यलय मार्फत जेष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको गुराँस गाउँपालिकाले जानकारी दिएको छ ।

गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दीपेन्द्र ओलीले जेष्ठनागरिकलाई बैक बाट सामाजिक सुरक्षा भत्ता लिन कष्ट भएपछि आफूहरूले बैकको प्रतिनिधिको रोहवरमा वडाकार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताए । उनले बैकमार्फत सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भए पनि गुराँस गाउँपालिकामा बैङ्कको चाप, भूगोल, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए । ग
ाउँपालिकाका प्रवक्ता समेत रहेका ओलीले भने भूगोलमा मात्रै ठुलो होइन, समुन्द्री सतहदेखि दुई हजार ३०० भन्दा धेरै उचाइमा रहेको रानीमत्तामा चिसोको कारण बुढा बा–आमाको स्वास्थ्यमा समस्या हुने भएपछि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हौँ ।

गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले जेष्ठनागरिकले वडाका जनप्रतिनिधि र कर्मचारीलाई मन्जुरीनामा दिएपछि बैकको सहयोगमा रकम भुक्तानी वडा कार्यालय बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताए । उनले गुराँस गाउँ कार्यपालिकाको बैठकले घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको भए पनि बैकको तयारी नभएका तत्कालका लागि वडा कार्यालय बाटै भत्ता वितरण गरेको बताए । उनले भने बैकको तयारी भएपछि प्रत्येक टोलमा घुम्ती शिविरको आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्छौ ।

 

सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोगिरहेका ज्येष्ठ नागरिकले भने वडा कार्यालयबाटै भत्ता पाएपछि सहज भएको प्रतिक्रिया दिएका छन् । गुराँस ८ का ज्येष्ठ नागरिक लालबहादुर गैरेले बैक जानको झन्झट हटे पनि वडा कार्यालयमा पुग्न अझै कठिन भएका जेष्ठनागरिकहरुका लागी समस्या भने रहिरहेको बताए । उनले भने पहिला भत्ता गाविसबाट पाइन्थ्यो । सङ्घीयता आएपछि गाउँपालिकामा रहेको बैक बाट दिन थाले, टाढा जानुपर्ने बाध्यता आयो । अहिले यहीँबाट पाइयो । गैरेले भने जेष्ठनागरिकलाई टाढाबाट गाडीमा जाऊ, रिङ्गाटा लागेको हुन्छ चिसो मौसम, बैङ्कमा लाइन लाग्नुपर्ने । त्योभन्दा त यो धेरै राम्रो ।