Loading... आजः बिहिबार, बैशाख २०, २०८१
Trending

आठबीस नगरपालिकामा ई–हाजिरी संचालन

दैलेख  : दैलेखको आठबीस नगरपालिकामा आजबाट ई–हाजिरी संचालन भएको छ। नगरपालिकाबाट प्रबाह हुने सेवा सुबिधालाइ थप प्रभाकारी र नियमित बनाउन ई–हाजिर संचालनमा ल्याइएको नगरपालिकाले जानकारी दिएको छ ।

कार्यालयका कर्मचारीहरुलाइ समयको पालना गराउन ,पस्थितिलाई पारदर्शी बनाउन र सेवा ग्राहिलाइ स्तरीय सेवा दिन नगरपालिकामा ई–हाजिरी जडान गरिएको आठबीस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाहीले बताए । उनले कर्मचार िनियमितता ल्याउने र जनतालाई सेवा दिन सहज पुग्ने बिश्वास लिएको बताए ।
उनले सोमबार बिहान ई–हाजिर गरी सेवा सुरु गरेर इ हाजीरीको उद्दघाटन गरेका थिए ।

ई–हाजिरीका आधारमा कर्मचारीहरुको तलब निकासा हुने नगरपालिकाको भनाई छ । अबको केहि समयमा नगरपालिकाभरीका वडा कार्यालय,स्वास्थ्य संस्था ,विद्यालय लगायत सरकारी तथा गैरसरकारी संघसंस्थामा पनि ई–हाजिर सेवा जडान गर्ने नगरपालिकाको योजना आठबिस नगरपालिकाले जनाएको छ ।