बढ्यो कोरोना, एकैदिन १६८ जना संक्रमित
काठमाडौँ : कोरोनाको ग्राफ फेरि उकालो लागेको छ । गत २४ घण्टामा १६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षण गर्दा १६८ जनामा पोजिटिभ देखिएको छ ।
मन्त्रालयका अनुसार ३७ जना निको भएर घर पर्किएका छन् । असार पहिलो सातादेखि संक्रमण उकालो लाग्न थालेको हो । छिमेकी देश भारतमा संक्रमण बढीरहेका बेला नेपालमा पनि असर देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार सीमा नाकामा दैनिक १०–१२ जनामा पोजिटिभ देखिन थालेको छ ।