प्रमुख पदमा एक महिला,उप प्रमुख घटे,वडा अध्यक्ष शून्य
दैलेख : जिल्लाका ११ स्थानीय मध्ये एक पालिका प्रमुखमा महिला निर्वाचित हुँदा उप प्रमुखको संख्या भने घटेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा पालिका प्रमुखमा महिला शून्य थिए भने ९० वडा रहेको दैलेखमा एक जना मात्र महिला वडा अध्यक्ष निर्वाचित भएकी थिइन । अघिल्लो निर्वाचनमा कुनै पनि राजनैतिक पार्टीले पालिका प्रमुखमा महिला उम्मेदवारी बनाएका थिएनन् । यस पटक भने तीन पालिकाका प्रमुख दलले प्रमुख पदमा महिला उम्मेदवार बनाएका थिए ।
नेपाली काँग्रेसले जिल्लाको नारायण नगरपालिकाका प्रमुख र भैरवी गाउँपालिकाको अध्यक्ष र नेकपा एमालेले ठाटिकाँध गाउँपालिकाको अध्यक्षमा मात्र महिला उम्मेदवार बनाएको थियो । तीन पालिकाको प्रमुख मध्ये भैरवी गाउँपालिकाको अध्यक्षमा मात्र रिता शाही मात्र विजयी भएकी छिन । उनले नेकपा एमालेका सर्बराज महतारालाई १६ मतको मतान्तरले पछाडि पार्दै उहाँ विजयी भइन । रिता शाहीले तीन हजार तीन हजार ९७६ मत ल्याउँदा महताराले तीन हजार ९६० मत प्राप्त गरी उप बिजेता बने ।
नारायण नगरपालिका दैलेखमा नेकपा एमालेका लोमन शर्माले पाँच हजार पाँच जहार ४३६ मत प्राप्त गरी विजयी हुँदा उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी निर्मला कुमारी थापा खड्काले पाँच हजार ३५७ मत प्राप्त गरिन । यसमा मतान्तर ७९ मात्र छ । ठाटिकाँध गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रक्ष बहादुर शाही दुई हजार ५७१ मत प्राप्त गर्दा नेकपा एमालेकी लक्ष्मीदेवी शाहले दुई हजार २७९ मत प्राप्त गरी उप विजेता बन्नि ो । उप प्रमुखमा अघिल्लो निर्वाचनमा ११ जना निर्वाचित मध्ये यो निर्वाचनमा १० जना मात्र निर्वाचित भएका छन । नौमुले गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका गंग बहादुर शाही निर्वाचित भएपछि उपाध्यक्षमा एक संख्या घटेको हो । नौमुले गाउँपालिकामा माआबादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन बनेको थियो ।
अघिल्लो निर्वाचनमा जिल्लाका ९० वडा मध्ये भैरवी गाउँपालिका–६ को वडा अध्यक्षमा निर्वाचित देवी भण्डारी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुँदा यो निर्वाचनमा महिला वडा अध्यक्ष भने शून्य भएको छ । जिल्लामा रहेका प्रमुख पार्टी नेकपा(एमाले) र माओवादी केन्द्रले,राप्रपा नेपाल र एकीकृत समाजवादी पार्टीले केही वडामा उम्मेदवार बनाए पनि नेपाली काँग्रेसले भने कुनै पनि वडामा महिला वडाध्यक्षको उम्मेदवार थिएन । नेकपा एमालेले जिल्लाको भैरवी गाउँपालिका –२ भगवतिमाई गाउँपालिका–६ को वडाध्यक्षमा उम्मेदवार बनाएको थियो । नेकपा माओवादी केन्द्रले ठाटिकाँध गाउँपालिका –१ र राप्रपा नेपालले नारायण नगरपालिकाका –५,९,११ र दुल्लु नगरपालिका ४मा उम्मेदवार बनाएको थियो । नेकपा एकीकृत समाजवादी पाटीले नारायण नगरपालिका ११ मा उम्मेदवार बनाएको थियो । उम्मेदवार बनाएका कुनै पनि महिलाले वडाध्यक्षमा जित्न सकेन्न ।
महिला अधिकारकर्मी सुनिता चन्दले प्रमुख पार्टीले केही वडाको वडाध्यक्षमा उम्मेदवार बनाए पनि स्थानीय नागरिकले नै महिलालाई विश्वास नगर्ने समस्याका कारण उम्मेदवार हुनुभएका पनि पराजित हुनुपरेको बताइन । उनले भन्नि समाज रूपान्तरणमा महिलाको योगदान गरेको अनुभूति जब सम्म नागरिकले गर्न सक्दैनन् तब सम्म महिला सहभागितामा बाधक हुने छ ।