Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

शिर झुकाउने काम नर्गन आग्रह

दैलेख  :  भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले गाउँपालिका निर्वाचित अध्यक्ष,उपाध्यक्ष वडाध्यक्ष र गाउँ सभाका सदस्यहरुले शिर झुकाउने गरी काम नगर्न आग्रह गरेका छन ।
स्थानीय तह निर्वाचन २०७४बाट चुनिएका जनप्रतिनिधिहरूले ५ वर्षको कार्यकाल पूरा गर्दै बिहिवार बिदाई कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । उनले आफ्नो पाँच वर्षे कार्यकालमा बिबादरहित गाउँपालिका, उत्कृष्ट गाउँपालिका बनाएको बताउँदै कार्यकाल सफल बनाउँन सहयोग गर्ने कर्मचारी र जनप्रतिनिधिलाई धन्यबाद दिएका छन ।

उनले कार्यक्रममा बोल्दै ५ वर्ष पहिले आफू निर्वाचित हुँदा बस्ने एउटा कुर्सी सम्मको व्यवस्था थिएन कहाँ बस्ने के गर्ने भन्ने कुराको कुनै जानकारी नभएको सन्दर्भमा आफ्नो नेतृत्वमा गाउँपालिकालाई समृद्ध बनाउने क्रममा धेरै कामहरूको थालनी भएको र नयाँ जनप्रतिनिधिहरूले त्यसलाई आत्मसाथ गर्दै जानुपर्ने बताए । भगवतीमाई गाउँपालिका बनाउन आफ्नो कार्यकालमा सबै कार्यपालिका बैठकहरू विवाद रहित भएकोले आफूहरू कुनै मुद्दा खेपेर कहीँ कतै कठघरामा उभिनु नपरेको अनुभव सुनाउँदै नयाँ प्रतिनिधिहरूलाई गाउँपालिकाको समृद्धिको लागि सबैको साझा भएर काम गर्न अनुरोध गरे ।

भगवतिमाई गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले गाउँपालिका बनाउने सन्दर्भमा अधुरा रहेका कामहरूलाई पूरा गर्दै नयाँ कामहरूको थालनी गरिने बताए । उनले भने आज बिदाई भएर जाने जनप्रतिनिधिहरुसंग भएको अनुभव हाम्रा लागि मार्गदर्शक बन्ने भएकाले उहाँहरू सँग सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय निर्वाचन २०७९बाट भगवतीमाई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट गणेश बहादुर थापा र उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट मिना खड्का ९थापा० निर्वाचित भएका छन् ।