Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सल्यानमा बस दुर्घटना , ६ जना घाइते


सल्यान  :  सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना भएको हो।

दुर्घटनामा परी सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गंगादेव गाउँपालिका ३ की ५८ वर्षीया दिल कुमारी खड्का छन्। घाइतेहरुको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ।