Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

निति तथा कार्यक्रमका लागि राय सुझाव माग

दैलेख  :  जिल्लाको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको लागि राय सुझाव माग गरेको छ । गाउँपालिकाको बजेटलाई जनचाहना अनुरुप बनाउन गाउँपालिका निवासी नागरिक समाज, बुद्धिजिवी, गैरसरकारी संघ संस्था, संचार माध्याम र अन्य सरोकारवालासँग राय सुझाव माग गरेको हो । गाउँपालिकाले आगामी जेठ २४ गतेभित्र राय सुझाव पठाउन अनुरोध गरेको छ ।

गाउँपालिकाको इमेलमार्फत राय सुझाव दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए । गाउँपालिकाको इमेल ठेगाना  thantikandh.rmp@gmail.com रहेको छ । सरोकारवालाबाट उपयुक्त राय सुझाव आएको अवस्थामा कार्यान्वयन गरिने गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले जानकारी दिए ।